सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं.६ हंसपुर ६ स्थित रतनमारे बजारमा “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तरगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अनुसार मालारानी गाउँपालिका वडा नं.६ हंशपुर ६ स्थित रतनमारे बजारमा स्थानिय जनप्रतिनिधी, स्थानिय बजारका व्यवसायी, समाजसेवी, भद्रभलाद्मीहरुसंग समसामयिक सुरक्षा स्थिती, प्रहरीले अझ उत्कृष्ट सेवा प्रवाह गर्न चाल्नु पर्ने कदम, जनता र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाउन गर्नु पर्ने कार्यहरु, समुदाय र प्रहरी बिचको समन्वयमा गर्न सकिने कार्यहरुका बिषयमा जिल्ला प्रहरी कार्यालयका कार्यालयल प्रमुख प्र.ना.उ. प्रकाश बिष्टले सुझाव संकलन , छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको थियो ।