अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं.८ हंसपुरको वार्ड कार्यालयमा समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अनुसार सुरक्षा अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अनुसार हंसपुरको वार्ड कार्यालयमा २५ जना महिलाहरुलाई लैङगिक हिंसा, घरेलु हिंसा, यौनजन्य अपराध, आधारभुत सुरक्षा, जंङगली जनावरको आक्रमण बाट जोगिने उपाय सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश बिष्टले विशेष प्रशिक्षण तथा आ-आफ्नो गाउँ टोलको समसामयिक सुरक्षा अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको थियो ।