सन्धिखर्कमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क । सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले जेष्ठ नागरिकहरु राष्टका सच्चा ईमानदार अभिभावक भएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका महिला तथा बालबालिका शाखाले नगरसभाहलमा आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा जेष्ठ नागरिकलाई राम्रोसँग पालन पोषण गर्ने अभिबाबक सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख भुसाले मानिस जन्मे पछि ऐकपटक जेष्ठ नागरिक बन्नु पर्ने र अामा बुवा जेष्ठ नागरिकको पालन पोषण रेखदेख गर्न पाउने अभिभाबक निकै भाग्यमानी हुने बताउनु भयो ।
भुसालले जेष्ठ नागरिक सबै का अभिबाभक भएको बताउदै उनिहरु को समस्या लाई हेरेर नगरपालिका ले विभिन्न खालका जेष्ठ नागरिक हरुलाई राहात हुने सम्मान हुने खालका कार्यक्रम अायोजना गर्ने गरेको ले नगरपालिका बाट हुने सहयोग गर्न अाफुहरु तयार रहेको बताउनु भयो ।कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीले जेष्ठ नागरिक सम्माले नगरपालिका को गरिमा बढने बताउनु भयो ।उहाले जेष्ठ नागरिक साहायता कक्ष निर्माण गरेर उनिहरु को सेवाका लागि नगरपालिका लागि परेको बताउनु भयो ।
कार्यक्रममा वार्ड नम्बर ३ का अध्यक्ष लिलाराम गौतम ४ का अध्यक्ष कृस्न प्रसाद श्रेष्ठ १२ का अध्यक्ष नारायण खड्का सन्धिखर्क नगरसभा सदस्य सुमित्रा कुमाल महिला वालबालिका शाखा प्रमुख बेल कुमारि परियार नेपाल पत्रकार माहासघ प्रेम अाचर्य   सुर्य भुसाल लगाएत को उपस्थिति रहेको थियोे ।
कार्यक्रम पुस्पा भुसालको सन्चालन जीवन ज्ञवाली को अध्यक्ष ता बेल कुमारि परियार को स्वागत मन्तब्यमा सम्पन्न भएको हो । 
 

अन्य समाचारहरु