प्रकासित मिती: असार २ २०७६
माधव खनाल
ढाकावाङ, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं का केन्द्रिय महासचिव महेश जोशिले वर्तमान सरकार कम्युनिस्टकै बदनाम हुने गरि चलेको बताएका छन ।
सोमबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं विश्व माध्यमिक विद्यालय मुल इकाई समितिले भुमे पुर्णिामाको अवसर पारी आयोजना गरेको बृहत सास्कृतिक सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन साथै महासचिव जोसिले वर्तमान सरकारले भ्रष्टाचारि र बलात्कारिलाइ कानुनी कठघरामा ल्याउनुको साटो संरक्षण गरेर राखेको आरोप समेत लगाए ।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झबिलाल थापाले वर्तमान सरकारलाई कम्युनिस्टको सरकार भन्नपनी लाज लाग्ने स्थिति उत्पन्न भएको बताएका छन । साथै थापाले केपि वलि नेतृत्वको सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको पनि बताए ।
कार्यक्रममा मन्तव्य राख्ने अन्य वक्ताहरूले पनि केपि वलि नेतृत्वको सरकारले जनमतको दुरुपयोग गरेको समेत आरोप लगाएका छन । यसरी मन्तव्य राख्नेहरुमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय परिषद सदस्य खड्क बहादुर थापा ,अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य कृष्ण खनाल , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौंका केन्द्रिय सचीव गोपालप्रसाद भट्टराई , छैठौंका केन्द्रिय सदस्य प्रकाश जि सि ,जातिय समाता समाजका ठाकुर पन्थि ,राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल , जनप्रतिनिधि भोजराज खनाल र बुद्धि थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रमको बिचबिचमा रक्तिम सास्कृतीक अभियानका केन्द्रिय तथा जिल्ला स्तरका कलाकारहरूले जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं विश्व माध्यमिक बिधालयका इकाई अध्यक्ष विशाल चुदालिको अध्यक्षता सन्देश खनालको स्वागत र टेकराज भुसालको संचालनमा सम्पन्न भएको थियो ।