पाणीनीको दुर्गाफाटमा बाख्रापालन व्यवसायका लागी समुह सहकारी गठन एवं परीचालन सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

श्याम घिमिरे 
असार ५ अर्घाखाँची – पाणीनी गाउँपालीकाका अध्यक्ष अच्युत गौतमले किसान लक्षीत कार्यक्रमहरु बास्तबीक किसानहरु संग पुग्नुपर्ने बताउनु भएको छ । 
नेपाल व्यवसायकि बाख्रापालन महासंघ काठमाण्डौको आयोजना र नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, बुटबलको आर्थीक सहयोगमा   दुर्गाफाटमा सम्पन्न बाख्रापालन व्यवसायको व्यवसायीकरण तथा बजारीकरणका लागी समुह सहकारी गठन एवं परीचालन सम्बन्धी एक दिवसिय अभिमुखिकरण गोष्ठीमा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै गौतमले यस्तो बताउनु भएको हो ।
गौतमले पछील्लो समय बास्तबीक किसानहरुको सम्बन्धीत ठाउँमा पौंच नहुनुको कारण कृषकहरु पछी परेको भन्दै सबै कृषकहरुलाई व्यबसायीक रुपमा कृषी पेसा अंगाल्न आग्रह समेत गर्नु भयो ।
नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना सहयोग ईकाइ बुटबलका प्रमुख डा.पुरषोत्तम त्रिपाठीको अध्यक्षता पशुचिकित्सक अनुगमन तथा सुचना अधिकारी लोकराज भुसालको स्वागत मनतब्य र पशु स्वास्थ्य प्राबिधिक सुन्दर बिकको सन्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रीय बाख्रापालन महासंघ प्रदेश ५ का संयोजक सुर्य प्रसाद रेग्मी ,मति बहादुर महत,अशोक ठाकुर स्थानिय कृषक रामप्रसाद भट्टराई लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।
गोष्ठीमा आयोजनाको जानकारी,व्यवसायीक बाख्रापालनको आधारभुत अभ्यास अन्तरगत जात,व्यवस्थापन र घाँसको बारेमा जानकारी गराउनुको साथै बाख्रापालन र बाख्रामा लाग्ने बिभिन्न रोगको बारेमा जानकार िगराईएको थियो ।
यस्तै सोही कार्यक्रममै पाणीनि गाउँपालीका स्तरीय व्यवसायीक बाख्रापालन सन्जालको समेत गठन गरीएको छ । कार्यक्रममा पालीका भरका करीब ४० जना बाख्रापालक कृषकहरुको सहभागीता रहेको लोकराज भुसालले जानकारी दिनुभयो ।

अन्य समाचारहरु