प्रकाशित मिति: मगलवार, असार ३, २०७६
सुर्य भुसाल
भुबनपाटा । अर्घाखाँचीको शितगंगा नगरपालिका-२ भुबनपाटामा ट्रिपर दुर्घटना हुँदा ४ जना घाइते भएका छन ।
सन्धिखर्क नगरपालिका-७ खाँचीकोटबाट कपिलबस्तुको चन्द्रौटामा चुनढुङ्गा लिएर जाँदै गरेको बा ३ ख ६२९७ नम्बरको टिप्पर सन्धिखर्क-गोरुसिङ्गे सडकखण्डको भुवनपाटामा दुर्घटना हुँदा ४ जना घाइते भएका हुन ।
घाइते हुनेमा कपिलबस्तु बाणगंगा नगरपालिका-२ पिपरा बस्ने २४ बर्षिय अक्ष कुमार गुप्ता, २८ बर्षिय आयुष थारु, अर्घाखाँची सन्धिखर्क नगरपालिका-७ खाँची बस्ने १८ बर्षिय अमृता खत्री, १६ बर्षिय सरिता थापा रहेका छन ।
घाइते चारै जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो । टिपर चालकलाइ प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।