सुर्य भुसाल
ठाडा । अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा निशुल्क आँखा शिवीर सम्पन्न भएको छ ।
आँखा अस्पताल अर्घाखाँची र ठाडा आँखा अस्पतालको आयोजनामा भएको शिविरमा २०९ जनाको चेकजाँच गरिएको जिल्ला आँखा अस्पतालका प्रमुख सागर घिमिरेले जानकारी दिनुभयो ।
२०९ जना मध्ये ३३ जनाको मोतिया बिन्दुको निशुल्क अप्रेसन गरिएको छ । नेत्र ज्योति संघ पाल्पा र भैरहवाका नेत्र रोग विशेषज्ञ डाक्टरले शिवीरमा आँखा जाँच गरेका छन ।