सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीले एक कार्यक्रम बिच प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई प्रेस स्वतन्त्रताकाे पक्षमा संकलित हस्ताक्षर बुझाएको छ ।
मिडिया काउन्सिल बिधेयककाे बिरूद्द र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा ३ गते देखि संकलन गरिएकाे हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यलयमा पठाइएको हो ।
मिडिया काउन्सिल बिधेयक बिरूद्धकाे तेश्राे चरणकाे आन्दोलन केन्द्रले जारी गरेपछि देशैभर पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन् ।