नुवाकोटको कमलपोखरीमा महिला स्वास्थ्य स्वयम् सेविका प्रोत्साहन तथा पोषण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची भुमिकास्थान नगरपालिका वार्ड नं ७ नुवाकोटको  कमलपोखरीमा महिला स्वास्थ्य स्वयम् सेविका प्रोत्साहन तथा पोषण कार्यक्रम सम्पन्न भएको छ ।
वार्ड कार्यालयको आयोजनामा उक्त वार्ड भित्र रहेका १४ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई पानी शुद्धीकरण गरेर पिउनको लागि फिल्टर र उक्त वार्ड भित्र रहेका ३४ जना गर्भवती महिलालाई पौष्टिक आहारको लागि एक/एक क्यारेट अण्डा र च्यवनप्राश बितरण गरिएको छ ।
उक्त कार्यक्रम भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाको प्रमुख आतिथ्यता, वार्ड अध्यक्ष तारा बहादुर मल्लको अध्यक्षता, वार्ड सदस्य मञ्जु जि.सि.को स्वागत मन्तव्य, वार्ड सचिव गणेश प्रसाद भण्डारीको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु