उमेश बन्जाडे
ठाडा, अर्घाखाँची ६ असार । भौगोलिक हिसाबले नेपालको ठूलो नगरपालिका शितगंगा नगरपालिका ठाडामा ६ दिने रेडियो उद्वघोषण तालिम सञ्चालन भएको छ।
शितगंगा मिडिया प्रा.लि को आयोजनामा गरियो सो कार्यक्रको प्रमुख आथित्यता प्रदेश सदस्य रामजि प्रसाद घिमिरे र कार्यक्रमको अध्यक्षता शितगंगा मिडियामा प्रा.लि का अध्यक्ष नारायण शर्माको रहेको थियो।
साथै शितगंगा नगरपालिका का नगर प्रमुख सुर्य प्रसाद अधिकारी ने.क.पा शितगंगाका अध्यक्ष बसन्त कुमार श्रेष्ठ इलाका ठाडाका प्रमुख गणेश नराल लगायतका ब्यक्तिहरुको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सदस्य रामजी घिमिरेले पत्रकार भएपछि सत्य सन्तुलित अनि बिश्बाशिलो समाचार आम जन्तामाझ पुर्याउन र सदैब पत्रकार कुनैपनि पार्टीगत ढंगले नगई स्वतन्त्र रुपमा अगाडि बढ्न सम्पूर्ण पत्रकारलाई आग्रह गर्नुभयो । भूगोलको
हिसाबले ठूलो नगरपालिकामा दक्ष पत्रकारहरु धेरै आबश्यक रहेको कुरापनि बताउनुभयो ।
कार्यक्रमा बोल्ने ब्यक्तिहरुले पत्रकारिता क्षेत्रमा लाग्न लाग्नुभएका सम्पूर्ण परिक्षार्थिलाई सफलताको शुभकामना पनि दिएका थिए । कार्यक्रमको सञ्चालन अराज बेल्बासेको थियो।