सन्धिखर्कको शान्तीबगैचा देखि मिडिया चोकसम्म गाँजा फडानी, ४,००० गाँजाका बोटहरु नष्ट (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँचीको सन्धिखर्कको शान्तीबगैचा देखि मिडिया चोकसम्म “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार गृह मन्त्रालयको लागु औषध नियन्त्रणको साप्ताह व्यापी कार्यक्रम अन्तर्गत गाँजा फडानी कार्यक्रम सम्पन्न भएको छ ।  
जिल्ला कार्यालयबाट प्र.ना.नि. भिमार्जुन अधिकारीको कमाण्डमा खटिएको १८ जनाको प्रहरी टोलीले “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार गृह मन्त्रालयको लागु औषध नियन्त्रणको साप्ताह व्यापी कार्यक्रम अन्तर्गतको तेस्रो दिन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालीका वडा नं. १ र २ को शान्ती बगैचा देखि मिडिया चोक सम्मको बजार एरियाको सार्वजनिक स्थानमा प्राकृतिक रुपमा आफै उम्रिएका गाँजा फडानी कार्यक्रम सम्पन्न भएको हो ।  

उक्त क्षेत्रमा अनुमानित ४,००० (चार हजार) गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको थियो ।  

अन्य समाचारहरु