अर्घाखाँचीमा नवाैं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाईयाे

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  नवाैं अन्तर रास्ट्रिय एकल महिला दिवस सन्धिखर्कमा  मनाईएकाे छ । “एकल महिलाहरूकाे अार्थिक शसक्तीकरण ,दिगाे बिकास लक्ष्यकाे अाधार “भन्ने मुल नाराका साथ एकल महिला समूह सञ्जाल अर्घाखाँचीकाे अायाेजनामा  दिवस मनाईएकाे हाे । 
सन्जाल जिल्ला अध्यक्ष सीता श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे उद्घाटन गर्दै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले एकल महिलाहरूलाई अार्थिक  शसक्तीकरणकाे बाटाेबाट अघि बढाउन नगरपालिका लागि परेकाे बताउनुभयाे । 
उहाँले दुखि भयर घर नचल्ने बताउँदै  हिम्मतका साथ काममा जुट्न अाग्रह गर्नु भयाे ।   यसै गरि उप प्रमुख ठाकुर कुमार बिक” किशाेर”ले  सुखि नगरबासि समृद्ध नगरपालिका बनाउन सबैकाे साथ सहयाेग चाहिने  बताउँदै अागामि दिनमा  सन्धिखर्कका सबै वार्डहरूमा एकल महिलाहरूका पक्षमा अायअार्जन र चेतनामुलक  कार्यक्रमगर्न सहयाेग पुर्याउने प्रतिबद्धता  ब्यक्त गर्नुभयाे । 
कार्यक्रममा अन्तर पार्टी महिला सञ्जाल जिल्ला सचिव शुशिला गैरे ,पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायत ले मन्तब्य  राख्नु भएको थियाे ।
 सचिव अम्बिका श्रेष्ठ काे सन्चालनर र पूर्व अध्यक्ष खगिश्वरा केसिकाे स्वागतमा कार्यक्रम सम्पन्न भयकाे   थियाे । दिवस कै अवसरमा अाजै निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री तथा फलफूल बितरण  समेत गरियकाे  छ ।

अन्य समाचारहरु