अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा नेकपाका कार्यकर्ता मात्र भर्ती गरेको नेपाली कंग्रेस मालारानी गाउँ पालिका वार्ड न ४ खनले आरोप लगाएको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कामदार बन्न नेकपाको सदस्य भएमात्र पाउने नत्र नपाउने गरि नेकपाका कार्यकर्ता मात्र भर्ती गरेको नेपाली कंग्रेस मालारानी-४ ले आरोप लगाएको हो ।
वडामा हुने विकास निर्माण तथा अन्य कार्यहरुमा नेकपाले एकलौटी काम गरेको, काममा पारदर्शिता नभएको, उपभोक्ता समितिहरु एकलौटी बनाएर आर्थिक हिनामिना गरेको भन्दै नेपाली कांग्रेस खनले ६ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कार्यकर्ता भर्ती गरेको, सामाजिक सुरक्षा कार्यक्रमको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा पनि राजनिती गरेका नेकपाका ज्येष्ठ नागरिक बोलाएर कांग्रेसका ज्येष्ठ नागरिकलाइ कार्यक्रमबाट बञ्चित गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । मालारानी गाँउपालिकाको वडा नम्बर-४ खनमा भएको अनियमितता तत्काल बन्द गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
विकासका योजनाहरुमा आफ्ना आसेपासेका मेसिनरी औजारहरु प्रयोग गरिएको तथा सुचीकृत भएका निर्माण कम्पनी तथा कन्सट्रक्सनलाइ खबरनै नगरेको जस्ता बुदाहरु कंग्रेस खनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
योजना तथा समग्र वडाको सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण गरेको नदेखिएको पनी आरोप कंग्रेसले लगाएको छ ।
ध्यानाकर्षणपत्र नेपाली कांग्रेस मालारानी सभापति शोभाखर खनाल, महाधिवेशन प्रतिनिधी तथा मालारानी-४ का इन्चार्ज कृष्ण खनाल लगायतका नेताहरुको उपस्थितिमा वडा अध्यक्षलाइ बुझाएका हुन । ध्यानाकर्षण पत्र बुझाएपछि नेपाली कांग्रेस मालारानीका सभापति शोभाखर खनाल, कृष्ण खनाल लगायतका नेताहरुले कार्यकर्तालाइ सम्बोधन पनी गरेका थिए । मालारानीमा जनप्रतिनिधीले नभई नेकपाले रजाई गरेको उनीहरुको भनाई छ ।
केही दिन अँघी नेपाली कंग्रेसका जिल्ला सभापती बिष्णु मुस्कानले सामाजिक सन्जाल मार्फत मालारानीमा अनियमिता भएको र यस्ता क्रियाकलापको भन्डाभोर गर्ने बताउनु भएको थियो ।