अर्घाखाँचीमा वर्षा जारी, किसानहरुले खेतमा रोपाँई शुरु गरे (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । मनसुन सक्रिय भएसँगै अर्घाखाँची सहित पश्चिम नेपालमा ठूलो वर्षा भइरहेको छ । वर्षासँगै अर्घाखाँचीका किसानहरुले खेतमा रोपाँई शुरु गरेका छन् । 
अर्घाखाँची सहित गुल्मी, पाल्पा तथा तराईका रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाहरुमा शनिवारदेखि निरन्तर सिमसिम पानी परिरहेको छ ।
 
वर्षा भएसंगै किसानहरुले पनि राहत महसुस गरेका छन् । बागी, फुदवाङ खोला लगायत जिल्लाभर किसानहरुले खेतमा रोपाँई शुरु गरेका देखिन्छन् । आज अर्घाखाँचीको तापक्रम २९ डिग्री सेल्सियस मापन गरिएको छ । 
उता पूर्वानुमान महाशाखाले नेपालगञ्ज अनुसार पश्चिम नेपालमा ठूलो वर्षा भइरहेको छ । वर्षा हुने क्रम जारी रहेकोले डुवानको खतरा देखिएको छ ।
आपतकालिन कार्यसञ्चालन केन्द्रले सतर्क रहन आग्रह गरेको छ ।
‘हाल दिनको एक बजे नेपालगञ्ज वर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको छ र वर्षा हुने क्रम जारी छ। चुरेबाट शुरु भइ बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायत स–साना सवै खोलानाला आसपास सतर्क रहौँ। नेपालगञ्ज उमनपाको होचा स्थानहरुमा पनि डुवान हुनसक्छ सतर्क रहौँ’, आपतकालिन कार्यसञ्चालन केन्दले सूचना जारी गरेर भनेकाे छ ।

अन्य समाचारहरु