सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिका अर्घाखाँचीले स्थानिय सरकार सन्चालन एन अन्तरगत नीति तथा कार्यक्रम सार्बजनिक गर्नु पुर्व सरोकारवाला राजनीतिदलहरु संघ सस्था उधोगि व्यापारी नागरिक समाज कार्यलय प्रमुख सन्चारकर्मिहरुसँग आगामी बर्षको नीति तथा कार्यक्रमका बारेमा घनिभुत छलफल गरेको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०७६/२०७७ का लागि आषाढ १० गते नीति तथा कार्यक्रम सार्बजनिक गर्नु पुर्ब सरोकारवालासँग छलफल गरेर सुझाब सकलन गरि अाएका सुझाब को अाधारमा नितितथा कार्यक्रम बजेट सार्बजनिक गर्ने नगरपालिका का प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो ।
नगरपालिका ले अायोजना गरेको छलफलमा कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख पिताम्बर शर्माले प्राविधिक शिक्षा, मोटरबाटो स्तरोन्नती, शिक्षा, मा गुणस्तरीय ता जिल्ला अस्पताल को स्तर उन्नति खानेपानि बिधुत लगाएतका क्षेत्रलाई प्राथमिकता दिन अाग्रह गर्नु भएको थियोे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पार्दर्सि सुसासन लाई कायम राखेर शिक्षा स्वाथ्य पर्यटन लाई ध्यान दिन अाग्रह गर्दै सुपादेउराली आएका पर्यटकलाई अर्घा भगवती सम्म ल्याउनुपर्ने, पाणिनी क्याम्पसको स्तरोन्नती, व्यवस्थीत सहरी भवन, बसपार्क व्यवस्थापन, आवश्यक वडामा हेलीप्याड निममार्ण लगाएतका कुराहरु लाई ध्यान दिन स्थानिय सरकार लाई अाग्रह गर्नु भयो ।
प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले सदरमुकाम सन्धिखर्कमा भित्रने नाका धेरै भएकाले सिसी टिभी क्यामरा जडान गर्नुपर्ने, विपत व्यवस्थापनका आवश्यक सामाग्रीहरु खरिद गर्न सुझाब दिदै स्थानिय सरकारले शान्ति सुरक्षा कायम गर्ने प्रहरी लाई अाबस्यक पर्ने साधन श्रोतमा समेत ध्यान दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममाा सुझावदिनेहरु खासगरि शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि,बिधुत युवा सोरोजगार जेष्ठ नागरिक सम्मान पशुपालन लाईमुख्य प्राथमिकता मा राखेर नीति कार्यक्रम सार्वजनिक गर्न अाग्रह गरेका थिए । त्यस्तै सन्धिखर्कका किमडाडाँ, पकले, कुर नुवाकोट, चुत्रावेशी अर्घा मोटरबाटो पिच गर्नुपर्ने, फोहरमैला व्यवस्थापन गर्ने, औषधी अभाव हुन नदिने, डोजरका कारण पानिका मुल सुक्दै गएकाले पानीका मुहान संरक्षणमा गर्न समेत जनप्रतिनिधि को ध्यानाकर्षण गराएका थिए । असारे विकासलाई अन्त्य गर्नुपर्ने, मौसमको अनुकुलतामा खेलकुद गर्नुपर्ने, विद्यालयमा विद्युतीय हाजिरी, एकल महिला लक्षित कार्यक्रम ल्याउँनुपर्ने, हेलो नगरपालिका कार्यक्रमलाई थप व्यवस्थापन, अनलाईन मिडियालाई ध्यान दिनुपर्ने, उद्धघोषण स्टेच कार्यक्रम सन्चालन पत्रकारिता पुरस्कारको व्यवस्था गर्नुपर्ने, शान्तीवगैचाको व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने मा सरोकारवाला हरुले जोड दिएका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, अर्घाखाँचीका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकाली, पुर्व शिक्षक धर्मराज बन्जाडे, हरि भुसाल, अन्तरपार्टी महिला सञ्जालका सचिव शुसिला गैरे, गैरसरकारी संस्थाका अध्यक्ष ठाकुर अधिकारी,नेकपाका नेता शिव अधिकारी राष्ट्रिय जनमोर्चाका नेता जिबनारायण खनाल , कानुनी सल्लाहकार जगन्नाथ भुसाल, केवी भुसाल, यज्ञ भुसाल, सिता श्रेष्ठ, शारदा भट्टराई, श्याम भुसाल,बरिस्ठ निर्माण ब्यबसाहि नारायण प्रसाद बन्जाडे लगाएतले सुझाव दिनु भएको थियोे । सुझाव दिएका सरोकारवाला व्यक्तीहरुलाई धन्यवाद दिदै समृद्ध नगर बनाउँनका लागी सरोकारवालाहरुले दिएको सुझावलाई मनन गर्दै अगाडी बढ्ने सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार विक को भनाइ छ ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको स्वागत मन्तब्य योजना अधिकृत गोविन्द केसीको सञ्चालनमा सम्पन्न भएको हो ।
नगरपालिका ले नीति तथा कार्यक्रम सार्बजनिक गर्नु पुर्ब विभिन्न निकाय सग छुट्टाछुट्टै छलफल गरेको नगरप्रमुख कमल प्रसाद भुसाल को भनाइ छ ।यसपालि को नीति तथा कार्यक्रम कृषि पशुपालन स्वाथ्य शिक्षा प्रयटन युवा महिला दलित अपाङ्ग जनजाति लक्षित अाउने तैयारि छ ।