सुर्य भुसाल
काठमाडौ (अर्घाखाँचीडट्कम) । काठमाडौबाट अर्घाखाँची जिल्लाको सन्धिखर्क आउदै गरेको यात्रुबाहक बस नवलपरासीको गैंडाकोटमा दुर्घट्ना भएको छ ।
काठमाडौबाट अर्घाखाँची जिल्लाको सन्धिखर्कको लागि विहान छुटेको लु १ ख ९९९८नम्बरको बस गैंडाकोटमा दुर्घट्ना भएको हो । गाडीधनी दिपक चुँदालीका अनुसार दुर्घट्नामा केही आधा दर्जन यात्रुहरु सामान्य घाइते भएका थिए । उनिहरु स्वास्थ केन्द्रमा उपचार गरी फर्केका छन् ।
बसले ट्रकलाई ओभर टेक गर्दा दुर्घट्ना भएको प्रहरीले बताएको छ ।