नेत्र मरासिनी
सिमलपानी, अर्घाखाँची असार ९, २०७६ । आकासमा बादलको फुर्को होस् या मन्द चलेको बतास,यी दुबै कुराले शितगंगा सधै अन्धकार भैहाल्छ ।
अर्घाखाँचीको दक्षिणी भेगमा पर्ने शितगंगा नगरपालीका भौगोलीक हिसाबले ठुलो र बिकट भएपनी सबै वार्डहरुमा विद्युत पुगेको छ तर त्यसको प्रयोग भने विरलै भएको पाइन्छ । आकासमा बादलको फुर्को होस् या मन्द चलेको बतास नै किननहोस् यहाको विद्युत यसैमा निर्भर रहन्छ । आकासमा बादल लाग्दा र सामान्य हावा चल्दा समेत यहाको लाइन काटीने गरेको छ ।
दिनमा कम्तीमा बीस देखी पच्चिस पटक जाने आउने हुनाले विद्युत प्रयोगकर्ता निकै मारमा परेका छन् । लाइन कुन बेला जान्छ र कहिले आउछ भन्ने पत्तै हुदैन । अधिकाशं साझ र विहानको समयमा विद्युत प्रयोग गर्ने ग्रामिण समुदायका बासीन्दा सोही समयमा लाईन नहुदा निकै मारमा परेका छन् भने बिद्युतमा आधारीत व्यबसायिले बिकल्पनै खोज्नुपर्ने भएको छ ।
शितगंगा १० हर्रे निवासि सरस्वता पोख्रेल तोरी पेल्न हिडेको एक हप्ता सम्म बिद्युतकै कारण दैनिक घर फर्कन बाध्य भएको गुनासो गरीन् । सरस्वताले निरास हुदै भनिन् “सिद्घारा देखि ठाडा आउदा जादा एक पल्टमा करीब चारसय खर्च हुन्छ,पाँच पाथी तोरी पेलाउन सात दोहोर आउने जाने गरे, चार लिटर तेल आयो,करीब तीन हजार खर्च भयो ।” यसरी बिद्युतका कारण दैनिक धेरैले सास्ती भोग्नेगरेको गुनासो अधिकाशं शितगंगा वासीको रहेको छ ।
यस क्षेत्रमा महिनामा पन्ध्र दिनसम्म बिद्युत आपुर्ति हुन्छ,अन्यदिन भने अन्धकारमै बस्न बाध्यभएका छन् । पटक पटक बत्ति आउने जाने गर्नाले लाखौंका विद्युतीय सामाग्री ड्यामेज हुने समस्या बढ्दै गएको छ ।
देश लोडसेडिङ मुक्त भएको भनिएपनी शितगंगामा भने अघोषित लोडसेडिङ कायमै छ । पटक पटक कार्यलय प्रमुख संगै कुरा गरेको भएपनी समस्या जिउको तिउ रहेको नगरप्रमुख सुर्य प्रसाद अधिकारीको भनाई रहेको छ ।
अर्घाखाँची वितरण केन्द्रले भने सदरमुकाम देखी टाढा रहेकोले बिद्युत आपुर्तिमा समस्या भएको बताउने गरेको छ ।