अर्घाखाँचीमा ने.क.पा (मसाल) को आठौं महाधिवेशन घोषण सभा सम्पन्न (तस्बिर सहित)

प्रकासित मिती: २०७६ आषाढ ७, शनिवार)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँचीको सन्धिखर्कमा ने.क.पा (मसाल) अर्घाखाँचीको आठौं महाधिवेशन घोषण सभा सम्पन्न भएको छ । 
विस्तारवादीको संज्ञा दिंदै आएको नेकपा मसालले भर्खरै सम्पन्न आठौं महाधिवेशनबाट भारत साम्राज्यवादी भएको ठहर गरेको हो । भारतमा विस्तारवादले उच्च र नाङ्गो रूप लिंदै एकाधिकार पूँजीवादको उच्च विकास गरेकाले उ साम्राज्यवादी देश बन्न पुगेको नेकपा मसालले बताएको छ ।नेकपा मसालले यहि जेठ महिनामा सम्पन्न गरेको आठौं महाधिवेशनले पारित गरेका निति तथा कार्यक्रमलाई सार्वजनिक गर्ने कार्यक्रम अनुसार आज अर्घाखाँचीमा गरिएको घोषणा सभा मार्फत आफ्ना धारणा सार्वजनिक गरेको छ ।
नेकपा मसाल अर्घाखाँचीका प्रवक्ता पशुपति ढकालले तयार पारेको घोषणा पत्रका अनुसार एक हप्ता सम्म चलेको महाधिवेशनले मोहन विक्रम सिंहलाई महामन्त्रीमा निर्वाचित गर्दै २७ पूर्ण ९ बैकल्पिक र ९ सल्लाहकार सहितको ४५ सदस्यीय केन्द्रीय समितिको गठन गरेको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन,सङ्गठनात्मक प्रस्ताव,न्यूनतम कार्यक्रममा संशोधन प्रस्ताव, जाति, भाषा, धर्म र संस्कृतिसम्बन्धी प्रस्ताव र विधानमा संशोधन प्रस्ताव र पुरक प्रस्ताव समेत पारित भएको प्रवक्ता ढकालले जानकारी दिनुभएको छ । 
जिल्ला स्थित क्रियाशिल पत्रकार, राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागीता र राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.को संचालनमा सम्पन्न कार्यक्रम मार्फत जिल्लाको समसामयिक परिवेशमा नेकपा मसालले आफ्ना धारणा समेत प्रस्तुत गरेको छ ।
जिल्लाकै गौरवको सडक सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकको रोकिएको ट्रयाक तत्काल खोल्नुपर्ने, विकासे कामको शैली पुरानै भएकोले समय र आवस्यकताको आधारमा अगाडि बढ्नुपर्ने, वाताबरणिय प्रभावलाई प्रत्यक्ष असर पार्ने नरपानी खांचीकोटमा उत्खनन भएको चुनढुङ्गा उत्खनन तत्काल बन्द गरिनुपर्ने, जिल्लामा भइरहेका भ्रष्टचार, कालोबजारी, महंगी, हिंसा, बलात्कार, वेरोजगारी जस्ता समस्या समाधानको निम्ती स्थानिय सरकारले बिशेष चांसो राख्नुपर्नेमा जोड दिइएको छ ।

अन्य समाचारहरु