भुमिकास्थान नगरपालिकाद्धारा आर्थिक वर्ष २०७६। ०७७ लागि ५६ करोड ३४ लाखको अनुमानीत बजेट सार्वजनिक (पुर्ण पाठ, तस्बिर सहित)

( प्रकासित मिती: २०७६ आषाढ ९, सोमवार)

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको पाचौ नगर सभाबाट आ.ब २०७६/७७ को बजेट बक्तब्य र नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । 
खानेपानी र सडकलाई प्राथमिकता दिदै भुमिकास्थान नगरपालिका अर्घाखाँचीले आर्थिक वर्ष २०७६। ०७७ लागि ५६ करोड ३४ लाखको अनुमानीत बजेट उपप्रमुख खडानन्द बेल्बासेले सार्वजनिक गरेका थिए । 
पुर्ण पाठ:-
श्रद्धेय अध्यक्ष एवं सदस्यज्युहरु,
४. अब म आर्थिक वर्ष ०७६÷७७ मा नगरको समग्र सन्तुलित तथा सम विकासको लक्ष्य परिपूर्ति गर्दै जाने नीति अनुरूप यस र स्थापनाको प्रारम्भदेखि नगरले तय गरेका दीर्घकालीन सोचहरुलाईहरुलाई यस सम्मानित सभा समक्ष पुनः प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
 मुख्य सडकहरु ग्राभेल, कालोपत्रे र बातावरणमैत्री बनाउने ।
 सबै घरहरुमा गुणस्तरीय विद्युत सेवा ( गुणस्तरीय पोल, तार तथा वायरिंग) पुर्याउने ।
 सबै घर धुरीमा मिटर प्रणालीबाट खानेपानी सुविधा पुर्याउने ।
 मुख्य र ठूलाफांटहरुमा ठूला सिंचाई योजना निर्माण मार्फत व्यवसायिक र आधुनिक कृषि प्रणाली अगाडि बढाउने ।
 नगरका सबै विद्यालयहरु वालमैत्री, बातावरणमैत्री, सूचना प्रविधिमैत्री, व्यवहारमैत्री बनाउने ।
 सेवाग्राही मैत्री, वातावरणमैत्री र प्रविधिमैत्री नगर कार्यपालिकाका कार्यालयहरु तथा वडा कार्यालयहरु निर्माण गर्ने ।
 नगरका सबै वडाहरुमा वर्थिङ सेन्टरको स्थापना र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने ।
 कृषिजन्य तथा पशुजन्य वस्तुको बजारीकरणको लागि वडाका विभिन्न स्थानमा संकलन केन्द्र र चिलिंङ सेन्टरहरु स्थापना गर्ने ।
 सबै समुदायको परिचालन मार्फत समृद्ध नगरका विभिन्न अभियानहरु जस्तै बालमैत्री अभियान, गाउंगाउ पोखरी अभियान, बातावरण मैत्री अभियान, वालपोषण अभियान, कागति मिसन, पूर्णसरसफाई अभियान, बालविवाह न्यूनिकरण अभियान, स्वास्थ्य संस्थामा प्रसुति गराउने अभियान, सामाजिक समावेशीकरणका अभियान लगायतका विभिन्न अभियानहरु संचालन गर्ने ।
 नगरका उपयुक्त स्थानहरुमा ठूलाजलाशय निर्माणको कार्य अगाडि बढाउने ।
 साना तथा घरेलु औद्योगिक ग्राम निर्माण गर्ने ।
 टोल विकास संस्था र सो अन्तर्गतका उपसमितिहरु तथा सहकारीका संरचना मार्फत पूर्वाधार विकास, आयआर्जनका क्रियाकलाप तथा अभियानात्मक कार्यक्रमलाई अगाडि बढाउने ।
 स्रोत व्यवस्थापन मार्फत आन्तरिक आम्दानी अभिवृद्धि गरी आत्मनिर्भर नगरपालिकाकोरुपमा विकास गर्ने ।
 १५ शैयाको अस्पताल स्थापना गरी गुणस्तरीय स्वास्थ्य सेव उपलब्ध गराउन आवश्यक पहल गर्ने ।
५.माथि उल्लेखित दीर्घकालिन सोचलाई आधार मान्दै र स्थानीय जनताको आफ्नो माग, आवश्यकता र चाहनालाई सम्वोधन गर्ने गरी सहभागितामूलक योजना तर्जुमा प्रक्रियाको अवधारणा अनुरुप सबै वडा कार्यालयहरुमा बजेट सिलिङ तथा मार्गदर्शन पठाई सोहि आधारमा सहभागितामूलक रुपबाट वडा समितीहरुको पूर्ण सक्रियतामा वडास्तरीय आयोजना छनौट, आयोजनाको प्राथमिकिकरण तथा रकमको बाँडफाँड गरी नगर कार्यपालिकामा पेश भई नगरस्तरीय आयोजनाहरु समेत छनौट गरी बजेट तथा कार्यक्रम तर्जुमा समितिमा व्यापक छलफल अन्तक्रिया एवं समन्वय गरी नगर कार्यपालिकाबाट निर्णय भए बमोजिमको आर्थिक २०७६÷०७७ को कार्यक्रम तथा बजेट तयार गरी बार्षिक नगर विकास योजनाको नीति, तथा कार्यक्रम र बजेटको विवरण सहित यहांहरु सामु उपस्थित भएको छु ।
६. प्रस्तुत नीति तथा कार्यक्रम र बजेट नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४, स्थानीय तहका अन्य ऐनहरु तथा सो सम्बद्ध कार्यविधि एवं परिपत्रहरुले निर्दिष्ट गरेका योजना प्रक्रियालाई अवलम्वन गरी सहभागितामुलक ढंगले योजना तर्जुमा गरिएको छ । विशेष गरी अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन, दिगो विकास लक्ष्य, राष्ट्रिय नीतिहरु एवं योजना तर्जुमाका क्रममा विभिन्न तहबाट प्राप्त हुन आएका सुझावहरु, आर्थिक वर्ष २०७५÷०७६ मा आयोजना तथा कार्यक्रम कार्यान्वयनको क्रममा प्राप्त सिकाईहरु समेतका आधारमा आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि नीति तथा कार्यक्रम र बजेट तयार गरिएको छ ।
७.आगामी आर्थिक वर्ष २०७६।०७७ मा कार्यान्वयन गरिने आयोजना, कार्यक्रम तथा बजेटमा आम नगरवासीको सहज पहुँच स्थापित गर्ने उद्धेश्यले टोल बस्ती स्तरका आयोजना छनौट, प्राथमिकीकरण एवं स्रोतको बाँडफाँड वडा तहबाटै गर्ने गरी वडा बाट माग भै आएका योजना तथा कार्यक्रमलाई नै प्राथमिकता दिई बजेट बांडफाड गरीएकोछ । यसै गरी अधुरा योजनाहरुलाई सम्पन्न गर्ने, ठूला योजनाहरुको स्तारेन्नति गर्ने, खानेपानी सुविधालाई प्रभावकारी गराउने क्षेत्रहरुमा बजेट केन्द्रीत गरिएको छ ।
श्रद्धेय अध्यक्ष एवं सदस्यज्युहरु,
८. भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्वका दृष्टिले अत्यन्त प्रवल सम्भावना भएको नगरपालिका भएर पनि आन्तरिक श्रोत साधनको न्यूनताका कारण हाम्रो विकास प्रयास नेपाल सरकारको अनुदानमा नै निर्भर रहेको अवस्था छ । नगरको द्रुतत्तर विकासको लागि विकासको चरणमा पछाडी परेका वर्ग एवं समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने, उत्पादनशील एवं प्राथमिकता प्राप्त क्षेत्रमा लगानी अभिबृद्धि गरी आर्थिक गतिविधिहरुको माध्यमद्वारा रोजगारी विस्तार गर्ने, कृषि क्षेत्रको व्यवसायिकीकरण एवं आधुनिकिकरण गर्ने, सुशासन प्रर्वद्धन गरी सेवा प्रवाहमा प्रभावकारीता अभिवृद्धि गर्ने, धार्मिक एवं पर्यटकिय क्षेत्रहरुको संरक्षण सम्बद्र्धन एवं विकास गरी आय आर्जन एवं रोजगारीमा वृद्धि गर्ने, वातावरणीय सन्तुलनलाई कायम राख्दै भौतिक पूर्वाधारको विकासमा लगानी वृद्धि गर्ने तथा सामाजिक विकासलाई संस्थागत गरी अपेक्षित विकासको प्रतिफल हासिल गर्ने एवं आन्तरिक आयको दायरालाई फराकिलो बनाउने तथा आन्तरिक ब्यवस्थापनलाई सुशासनयुक्त बनाई संस्थागत क्षमता सुदृढिकरण गरी संविधानको अनुसुची ८ मा उल्लेखित स्थानीय तहको अधिकारको सुचि वमोजिमका अधिकारको समुचित प्रयोग गरी सवल, सक्षम एवं समृद्ध भुमिकास्थान नगरपालिका निर्माण गर्नु हाम्रो सामु चुनौतीको रुपमा रहेको छ ।
उल्लेखित चुनौतीहरुको सामना गर्न सरकारी, नीजि, गैर सरकारी क्षेत्र,स्थानीय समुदाय एवं सम्पुर्ण सरोकारवाला पक्षहरुको सक्रिय सहभागिता, सहयोग, समन्वय, आपसी सहमति र समझदारी हुनु आवश्यक छ ।
श्रद्धेय अध्यक्ष एवं सदस्यज्यूहरु,
९. अब म नगरको समग्र विकासलाई व्यवस्थित र प्रभावकारी बनाउने उदेश्यले नगरले तयर गरेको भुमिकास्थान नगरपालिकाको आ.ब. ०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गर्न चाहन्छु ।
क) भौतीक पूर्वाधार तर्फ
१. आर्थिक वर्ष २०७४÷०७५ देखि ३ वर्ष भित्रमा भुमिकास्थान नगरपालिका क्षेत्र भित्र रहेका सम्पुर्ण काठका विद्युत पोलहरु विस्थापित गरि स्टिल पोलहरुबाट गुणस्तरीय विद्युत सेवा पुर्याउने प्रथम नगरसभाको नीति बमोजिम आगामी आर्थिक वर्ष २०७६÷०७७ मा नगरको सम्पूर्ण क्षेत्रमा स्टीलपोल राख्ने कार्यलाई पूर्णता दिने गरि विद्युत क्षेत्रमा रु. ५० लाख बजेट विनियोजन गरिएकोछ ।
२. नगरका मुख्य ४ वटा सडकहरुको स्तरोन्नतिको कार्यलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने नीति बमोजिम ठूला सडकहरुको स्तरोन्नतीको ( समपूरक समेत) लागि रु. ६ करोड बजेट विनियोजन गरिएको छ ।
३. नगरपालिका, वडा कार्यालय, नगर कार्यालय एवं विषयगत कार्यालयहरुको भौतिक पुर्वाधार प्रभावकारी बनाई सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने नीति बमोजिम वडा कार्यालय भवन लगायत अन्य वडा तहमा बनाउने भवन समेत गरी भवन निर्माण कार्यको लागि रु ( १,००,००,०००। बजेट विनियोजन गरिएको छ ।
४. भुकफेदी तथा छिर्लिङखोलामा आवश्यक पुर्वाधार तयार गरी लघु जलविद्युत आयोजना संचालन गर्ने र मसिनाको लेक, सेङलेङ, दुरबाङ, पोखेडाडा लगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास संम्भाव्यता अध्ययनको कार्यलाई अगाडि बढाईनेछ ।
५. नगरक्षेत्रको खानेपानी समस्यालाई समाधान गर्न पानीको मुहान संरक्षण, लिफ्टिङ खानेपानी व्यवस्थापन, वाश कार्यक्रमको प्रभावकारी कार्यान्वयन एवं अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँँँगको समन्वय एवं सहकार्यमा आवश्यक पुर्वाधार तयार गरी खानेपानीको उचित व्यवस्थापन गरिनेछ । यसरी खानेपानी तथा सरसफाई क्षेत्रलाई प्राथमिकता दिने गरि ठूलाखानेपानी योजना संचालन वडा तथा नगरबाट गरी रु.१ करोड बजेट विनियोजन गरिएकोछ ।
६. भौतिक पुर्वाधारहरु निर्माण गर्दा बाल मैत्री, अपाङ्गमैत्री, लैंगिक मैत्री बनाई अपाङ्ग, बालबालिका, महिला एवं पिछडिएका वर्ग एवं क्षेत्रका जनताको पहुँच वृद्धि गरिनेछ ।
७. विभिन्न पूर्वाधारका योजनाहरुको मर्मत सम्भारको लागि मर्मत संभारकोषको व्यवस्था गरी मर्मत संभारको कार्यलाई व्यवस्थित गरिनेछ । जसको लागि मर्मत संभार तर्फ रु. ८० लाख बजेट विनियोजन गरिएकोछ ।
८. नगरपालिकाबाट सम्पन्न गर्न नसकिने आयोजनाहरुको लागि प्राथमिकता निर्धारण गरी प्रदेश तथा केन्द्र सरकारसंग समन्वय र साझेदारीमा कार्य अगाडि बढाईने छ । प्रदेश सरकार संग साझेदारीमा कार्य गर्ने गरी पर्यटन क्षेत्रलाई अगाडि बढाईने छ । साझेदारीमा काम गर्नको लागि समपूरक अनुदान शिर्षकमा रु. ३ करोड बजेट विनियोजन गरीएको छ ।
९. सेङलेङ–पखेरे–सितापुर–घुम्टी–सुपा देउराली सडक निर्माण गर्न सरोकारवाला अन्य निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
ख) आर्थिक विकास तर्फ ( कृषि, पशु, पर्यटन, उद्योग)
१. कृषि व्यवसायमा संलग्न कृषकहरुबाट उत्पादित वस्तुको उचित बजार व्यवस्थापनको लागि सहकारी मार्फत संकलन केन्द्रको स्थापना र प्रववद्र्धन गर्दै लगिनेछ र उत्पादित वस्तुलाई सहकारी मार्फत विक्री गर्ने व्यवस्था मिलाईनेछ जसको लागि सहकारीहरुलाई आवश्यक सहयोग गरिनेछ । यसकोे लागि उनीहरुको क्षमता विकास गर्न आववश्यक वजेटको व्यवस्था गरिएको छ ।
२. सहकारी मार्फत कृषि तथा पशुजन्य उत्पादित वस्तुको विक्री वितरण गर्ने कृषकहरुलाई विक्री वितरणको आधारमा उत्पादनमा आधारित अनुदान कार्यविधी बनाई निश्चित रकम अनुदान दिने कार्यलाई प्राथमिकताका साथ लागु गरिनेछ साथै विक्रीकै आधारमा सहकारीहरुलाई समेत अनुदान सहयोग उपलब्ध गराउने गरी कार्यविधी तयार गरि लागु गरिनेछ । यसबाट कृषकहरु कृषिजन्य वस्तु उत्पादनमा प्रोत्साहित हुनुको साथै सहकारीहरु समेत कृषिजन्य वस्तुको बजारीकरणमा लाग्न उत्प्रेरित हुनेछन् । उत्पादित वस्तुको विक्री वितरणको आधारमा उपलब्ध गराईने अनुदानको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
३. नगरपालिकाको सबै वडाहरुमा सम्भाव्यता अध्ययन गरी सोको आधारमा व्यवसायिक कृषि ( खाद्यन्न तथा नगदेवाली, बेमौसमी तरकारी, फलफुलखेति विशेष गरी, मौरी पालन र कागति खेति ) तथा पशुपालन (गाई, भैंसी, भेडा, बाख्रा, कुखुरापालन एवं वंगुर पालन विशेष गरि वाख्रापालन) व्यवसायलाई प्रवद्र्धन गरिनेछ । जसको लागि कृषि तथा पशुपंक्षिपालनको क्षेत्रमा आवश्यक बजेट व्यवस्था गरिएकोछ ।
४. नगरपालिकाका सबै वडाहरुमा माटो परीक्षण, कृषि हाटबजार निर्माण,तथा संकलन केन्द्र निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।
५. कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न कृषि सिंचाईको लागी आवश्यक व्यवस्था मिलाईनेछ ।
६ कृषकलाई आफ्नो पेशाप्रति गर्व गर्न सक्ने वातावरण सृजना गर्न कृषक सम्मान, अध्ययन अवलोकन, प्रदर्शनी लगायत विभिन्न आधुनिक प्रविधि प्रदर्शनहरु गरिनेछ । कृषकलाई बजारको प्रत्याभुति प्रदान गर्न आवश्यक पूर्वाधार विकास गरिनेछ । साथै वडा तह देखि नगर स्तर सम्मको कृषक समुह तथा संजाल निर्माण गरि व्यवस्थित रुपमा परिचालन गरिने छ ।
६ सहकारीको संख्यात्मक वृद्धि भन्दा गुणात्मक वृद्धिमा जोड दिईनेछ । उत्पादनमुलक एवं व्यवसायिक सहकारीलाई प्रोत्साहित गर्ने नीति लिईनेछ ।
७. सल्ले बथान, सेङलेङ र फलाम खिल्लीमा पर्यटन प्रवद्र्धनका विभिन्न क्रियाकलाप संचालन गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
ग) सामाजिक विकास तर्फ ( शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न÷दलित, आदिवासी÷जनजाति अपाङ्ग, पिछडिएको वर्ग सम्बन्धी नीति)
१. नगर क्षेत्रभित्र संचालित सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधार निर्माण एवं शैक्षिक गुणस्तरमा सुधार ल्याउन आवश्यक व्यवस्था मिलाईनेछ ।
२. नगर शिक्षा समिति मार्फत शैक्षिक गुणस्तका लागि विभिन्न कार्यविधि, निर्देशिका तयार गरी अगाडी बढिनेछ ।
३. नगर क्षेत्रभित्र संचालित सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउन विद्यालयका सम्पुर्ण गतिविधीहरुलाई कम्प्युटर प्रणालीमा आवद्ध गरिसकेकोमा आगामी दिनमा शिक्षकहरुको क्षमता विकासमा जोड दिईनेछ । ।
४. नगर क्षेत्रभित्र प्राविधिक क्याम्पस स्थापना गरी प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिनको लागि प्रदेश तथा संघमा आवश्यक समन्वय गरिनेछ ।
५. नगर क्षेत्रभित्र संचालित सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने गरी आवश्यक व्यवस्था मिलाईनेछ र साना कक्षाका भाई वहिनीहरुको अध्ययन अध्यापनलाई विशेष ध्यान दिई समग्र शिक्षाको गुणस्तर अभिवृद्धि गरिनेछ ।
६. भुमिकास्थान नगरपालिका क्षेत्रभित्रका युवा जनशक्तिको विदेश पलायनलाई रोक्न बरोजगार युवाहरुलाई स्वरोजगार कार्यक्रम मार्फत आत्मनिर्भर बनाउने निति लिईनेछ साथै बेरोजगार सूचिमा सूचिकृत जनशक्तिहरुलाई रोजगार कार्यक्रममा संलग्न गराउने नमुना योजनाहरुको छनौट गरि कार्य अगाडि बढाईनेछ ।
७. नगरस्तरीय खेलकुद विकासको लागि खेलकुद सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछ । खेलकुद विकासको लागि आवश्यक वजेटको व्यवस्था गरिएको छ ।
८. शिक्षाको गुणस्तर सुधारको लागि अभिभावक सचेतना कार्यक्रम तथा नमुना विद्यालय भ्रमण कार्यक्रमलाई अगाडि बढाईनुको साथै शिक्षा विकासकोषको स्थापना गरी विविध क्रियाकलाप संचालन गरिनेछ ।
९. बालमैत्री तथा बातावरण मैत्री कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाईनेछ ।
१०. नगरलाई पूर्ण सरसफाई युक्त बनाउने अभियानलाई मूर्तरुप दिनको लागि नगर बनाउने शुरुवात आफैबाट भन्ने नाराका साथ नगर कार्यपालिकाको कार्यालय परिसर, वडा कार्यालयको कार्यालय परिसर, स्वास्थ्य संस्था रहेका कार्यालयको कार्यालय परिसर, विद्यालय भवन परिसर, सहकारी तथा संघसंस्थाका कार्यालयहरु रहेका क्षेत्रहरुलाई सबै भन्दा पहिला पूर्ण सरसफाई युक्त बनाउनको लागि निश्चित मापदण्ड तय गरि जनप्रतिनिधी, कर्मचारी, शिक्षक, विद्यार्थी, संघसंस्थाका पदाधिकारीहरु अनिवार्य सरसफाई अभियानमा जुटी नगरवासीहरुको लागि प्रेरणाको स्रोत बन्ने कार्यमा नगरबाट कार्ययोजना सहित मापदण्ड तयार गरी लागु गर्ने नीति लिईनेछ .
११. विकासका हरेक क्रियाकलापहरुमा महिलाको अर्थपुर्ण सहभागीतालाई सुनिश्चित गर्दै पहँुचमा अभिबृद्धि गरिनेछ ।
१२. ज्येष्ठ नागरिकको समाजमा सामाजिक पहिचान र सम्मान वृद्धि गर्न सहयोग पुग्ने खालका कार्यहरु संचालन गरिनेछ ।
१३ लक्षित वर्गहरु जस्तै ज्येष्ठ नागरिक, अपाङ्ग, गर्भवति महिला, बालवालिकाहरुको लागि पोषण सहयोग कार्यक्रम संचालन गरिनेछ जसको लागि स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु जस्तै मह, अण्डाको प्रयोगमा जोड दिईनेछ । यसबाट लक्षित वर्गहरुको पोषणमा सहयोग पुग्नुको साथै कृषकहरुको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । यस कार्यको लागि रु.३० लाख बजेट व्यवस्था गरिएको छ ।
१४ विपन्न, दलित, आदिवासी, जनजाति,सिमान्तकृत वर्गहरुको हक अधिकार प्रवद्र्धन,छुवाछुत लगायतका भेदभावको अन्त्य एवं विकास निर्माण प्रकृयाका हरेक चरणमा अर्थपुर्ण सहभागीता सुनिश्चत गर्न आवश्यक पहल गरिनेछ ।
१५. अन्तराष्ट्रिय बाल अधिकार सम्बन्धी महासन्धि एवं राष्ट्रिय नीतिहरुले समेत निर्दिष्ट गरेका वालवालिकाको बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागीताको अधिकारलाई स्थानीय स्तरमा प्रवद्र्धन गर्दै लगिनेछ । वडा तथा नगरस्तरीय वाल संजालहरुकोे क्षमता अभिवृद्धिमा जोड दिईनेछ ।
१६. भुमिकास्थान क्षेत्रको सामाजिक रितिरिवाज, भाषा, धर्म, संस्कृति एवं परम्परागत सिप, पेशा र व्यवसायकोे संरक्षण, सम्वद्र्धन र विकास गर्दै सामाजिक विकासमा सहयोग पु¥याउने नीति लिईनेछ ।
घ) वातावरण तथा विपद् व्यवस्थापन तर्फ
१. नगर क्षेत्रको फोहोरमैलाको उचित व्यवस्थापनको लागि ल्याण्डफिल साईट निर्माण गर्न उपयुक्त स्थानको खोजी गरी यसको दिर्घकालिन व्यवस्थापनमा जोड दिईनेछ ।
२. नगरपालिकाका जनप्रतिनिधीहरु, कर्मचारीहरु , शिक्षकहरु, संघसंस्थाका कर्मचारीहरु, विद्यार्थीहरु, फोहरमैला व्यवस्थापन समिति, टोल विकास संस्था, उपभोक्ता समिति, क्लव, आमा समूह, स्थानीय समुदायको सहभागीता एवं सहकार्यमा नगरको सरसफाईलाई थप व्यवस्थित गरिनेछ ।
३. विद्यमान स्वास्थ्य संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गरी आधारभूत स्वास्थ्य सेवामा सबैको पहुंच कायम गरिनेछ । साथै नगरपालिकाका सबै वडाहरुमा वर्थिङ सेन्टर, ल्याव तथा एक्सरे मेसिनको उचित व्यवस्थापन गर्ने नीतिलाई निरन्तरता दिईएकोछ ।
४. स्वास्थ्य र सरसफाई सम्बन्धि जनचेतना अभिबृद्धि गरी ज्क्ष्ख्रब्क्ष्म्क् लागुपदार्थ तथा दुव्र्यसनी नियन्त्रण र तिनको हेरचाहको लागि विभिन्न स्वास्थ्य संस्थाहरुको सहयोग, समन्वय र साझेदारी गर्ने नीति अवलम्वन गरिने ।
५. नगर क्षेत्रभित्र स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
६. भुमिकास्थान नगरपालिकाका विभिन्न वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहित गर्ने नितिलाई निरन्तरता दिईनेछ ।
७. वातावरण संरक्षणका लागी वन कार्यालयसंग समन्वय गरी एक नगर अनेक उद्यान कार्यक्रमलाई प्रोत्साहित गर्नको लागि बेरोजगार सूचिमा संलग्न व्यक्तिहरुको प्रयोगलाई प्राथमिकता दिईनेछ ।
८. नगरपालिका अन्तर्गत विभिन्न सडक योजनाहरु निर्माण गर्दा वन, कृषि र पशु शाखासंग समन्वय गरी वातावरण मैत्री सडक निर्माण गरीनेछ ।
९. हाल भुमिकास्थान नगरपालिकाका सबै वडाहरुमा सल्लाका रुखहरुले पानीका मूहानमा असर गर्नुको साथै आगलागि समेत गराउने भएकोले चौडापाते विरुवा लगाउने अभियान संचालन गरिनेछ । ्
१०. नगरमा पहिरो नियन्त्रण गर्ने गरी त्यस्ता स्थानहरुमा पशुपक्षिंको लागि आवश्यक डाले तथा भुंईघांस लगाउने अभियान अगाडि बढाईने छ ।
११. नगरका प्रत्येक वडाहरुमा पार्क निर्माण गर्ने स्थानहरुको पहिचान गरि प्रधानमन्त्रि रोजगार कार्यक्रममा सूचिकृत वेरोजगार युवाहरुलाई परिचालन गरि प्रत्येक वडामा कम्तिमा १।१ वटा पार्क तथा उद्यान निर्माण गर्ने अभियान अगाडि बढाईनेछ ।
च) सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ
१. नगरका गतिविधीहरुलाई स्थानीय पत्र पत्रिका, रेडियो, केवल, टेलीभिजनहरु मार्फत आवश्यकता अनुसार प्रकाशन एवं प्रसारण गरि पारदर्शिताको माध्यमबाट सुशासन कायम गर्ने नीति लिईनेछ साथै सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिई सबै सार्वजनिक निकायहरुलाई स्वत प्रकाशन गर्ने सूचनाहरुको प्रकाशनमा सहजीकरण गरिनेछ ।
२. यस नगरपालिका क्षेत्रभित्र पर्यटन, खानेपानी तथा सरसफाई परियोजना, मनोरञ्जन पार्क, उद्यान, पुस्तकालय आदि निर्माण एवं संचालन गर्न साझेदारीको मोडल तय गर्नुको साथै बेरोजगार युवाहरुको परिचालनमा जोड दिईनेछ ।
३. सुचनाको हक सम्बन्धि ऐनको प्रभावकारी कार्यान्वयन गर्दै नगरका गतिविधिमा सर्वसाधारण जनताको पहुँच अभिवृद्धि गरिनेछ ।
४ उत्कृष्ट कार्य गर्ने नगरपालिकाका कर्मचारी, करदाता, उपभोक्ता समिति, संचारकर्मी, आदीलाई पुरस्कृत गर्ने पद्दतीको विकास गरिनेछ ।
५ नगरपालिकाको कार्य सम्पादनलाई छिटो, छरितो, पारदर्शी एवं जनमुखी तुल्याउन व्यवस्थापकिय क्षमता अभिवृद्धिमा जोड दिईनेछ ।
६. नगरक्षेत्र भित्रको सार्वजनिक सेवा प्रवाह एवं विकास निर्माणका काममा हुन सक्ने ढिलासुस्ती एवं जनगुनासोलाई न्यूनिकरण गर्न सबै वडा कार्यालयहरुमा नागरिक बडापत्र र उजुरी पेटिकाहरुलाई अद्यावधिक र व्यवस्थित गर्दै लगिने छ ।
७. सेवाग्राहिलाई प्रदान गरिने सेवामा पहिले आउनेलाई पहिलो प्राथमिकताको नीति अवलम्बन गरिनेछ । साथै जेष्ठ नागरिक, अपाङ्ग र असक्तहरुलाई सेवा प्रवाहमा विशेष प्राथमिकता दिने नीति लिईनेछ ।
८. नगरको विकास निर्माण एवं सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण र सार्वजनिक परीक्षण जस्ता कार्य गरिनेछ । जसको लागि आवश्यक बजेटको व्यवस्था गरिएकोछ ।
९. नगरपालिकाको आन्तरीक स्रोत अभिवृद्धि गर्न करको दायरालाई विस्तार गरी संभावित नयाँ करका क्षेत्रहरुको पहिचान गर्दै जाने नीति अवलम्वन गरिनुका साथै तोकीएका करहरुलाई कडाईकासाथ संकलन गर्नेतर्फ जोड दिईनेछ ।
१०. भुमिकास्थान नगरपालिका भित्रका मोटरबाटा लगायत अन्य आयोजनाहरु मर्मत सम्भार गर्नको लागि स्थापित मर्मत सम्भार कोष, विपद् व्यवस्थापन कोष लगायतका अन्य कोषहरुको प्रभावकारी परिचालनमा जोड दिईनेछ
११. नगरको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय संभावनाहरुको विकास एवं विस्तारको लागि नेपाल नगरपालिका संघ, सिटीनेट, क्षेत्रीय अध्ययन केन्द्र, फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था एवं निकायहरुसँग समन्वय एवं सहकार्य गर्ने नीति लिईनेछ ।
१२. नगरक्षेत्रभित्र विद्युत सेवा नियमित एवं व्यवस्थित गर्न र ल्याण्डलाईन टेलिफोन सेवा विस्तार गर्नका लागि आवश्यक समन्वय गरी सोको विस्तार गरिनेछ ।
श्रद्धेय अध्यक्ष एवं सदस्यज्यूहरु,
१०. अव म नगरपालिकाको गत आर्थिक वर्ष २०७४÷०७५ को यथार्थ, चालु आर्थिक वर्ष २०७५।०७६ को संशोधित र आगामी आर्थिक वर्ष २०७६÷०७७ को प्रस्तावित बजेट विवरणको साथै समग्र क्षेत्रगत प्रस्तावित नीति, कार्यक्रम र बजेटलाई सक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
आर्थिक वर्ष २०७४÷७५ को विभिन्न शिर्षकहरु य क्रमश : संघीय सरकार सशर्त अनुदान रु. १६ करोड ४२ लाख ५३ हजार, संघीय सरकार वित्तिय समानीकरणको रु. २१ करोड ४७ लाख ४१ हजार, आन्तरिक श्रोत तर्फ रु. ४० लाख, जेष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम ६ करोड ८४ लाख ११ हजार, गरिबसंग विश्वेश्वर कार्यक्रम तर्फको रु. ८ लाख ५८ हजार ,स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम चालुतर्फको रु. ५ लाख ९१ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम पुंजीगत खर्च तर्फको रु. ६ लाख, पश्चिमनेपाल ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम चालु तर्फ रु. २३ लाख ८६ हजार, पश्चिमनेपाल ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम चालु तर्फ रु. १ करोड २ लाख ५५ हजार, सडकवोर्ड तर्फको रु. २५ लाख, संघीय संरचना पूर्वाधार विकास कार्यक्रमको रकम समेत ( गत आ.व. को बैंक मौज्दात बांकी) रु. ५३ लाख ५९ हजार १०० र राजश्व वांडफाड तर्फको रु. २ लाख ७५ हजार ५३३ गरी जम्मा रु. ४७ करोड, ४२ लाख २९ हजार ६३३ यथार्थ आम्दानी भएको थियो ।
यसै गरी व्यय तर्फ संघीय सरकार सशर्त अनुदान तर्फको खर्च रकम रु. १६ करोड, ४२ लाख, ५३ हजार, प्रशासनिक खर्च चालु तथा पुंजीगत रु ७ करोड ३६ लाख ९० हजार ६३३, नगर योजना तथा कार्यक्रमको रु. ७ करोड १८ लाख १० हजार, वडा योजना तथा कार्यक्रमको रु. ६ करोड ७९ लाख, ४० हजार, विषयगत शाखाहरुको कार्यक्रमको रु. १ करोड ९ लाख ३५ हजार जेष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम रु. ६ करोड ८४ लाख ११ हजार, गरिबसंग विश्वेश्वर कार्यक्रम रु. ८ लाख ५८ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम चालुको रु. ५ लाख ९१ हजार, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम पुंजीगत तर्फको रु. ६ लाख, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना चालु तर्फको रु. २३ लाख ८६ हजार, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना पुंजीगत तर्फको रु. १ करोड २ लाख ५५ हजार र सडक बोर्डको रु. २५ लाख गरी कूल जम्मा रु. ४७ करोड ४२ लाख, २९ हजार ६३३ यथार्थ खर्च भएको थियो । गत आर्थिक वर्षकोय यथार्थ आय व्यय विवरण संलग्न तालिका बमोजिम रहेको व्यहोरा सम्मानित सभामा प्रस्तुत गरेको छु ।
१२ . अब म आगामी आर्थिक वर्ष २०७६। ०७७ को बार्षिक बजेट प्रस्तुत गर्न चाहान्छु । आगामी आर्थिक वर्षमा प्रस्तावित आयतर्फ संघीय सरकार सशर्त अनुदानको रु. १९ करोड ६४ लाख , वित्तिय समानीकरणको रु. ११ करोड ५४ लाख,केन्द्रीय सरकार राजश्व बांडफांड तर्फ ९ करोड ४० लाख, प्रदेश सरकार वित्तिय समानीकरण अनुदान तर्फ रु ४३ लाख ३९ हजार, प्रदेश सरकार सशर्त अनुदान तर्फको रु. १ करोड १० लाख, प्रदेश सरकार राजश्व बांडफांड तर्फ ७९ लाख १३ हजार, आन्तरिक स्रोत रु. ४० लाख, आ.व.२०७५÷७६ मा खर्च नभई बांकी नगद मौज्दात रु. ५० लाख, जेष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम रु. १२ करोड, गरिब संग विश्वेश्वर कार्यक्रमको रु. ९ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको रु. ५ लाख, सडकवोर्ड तर्फको रु. ४० लाख गरी जम्मा ५६ करोड ३४ लाख ५२ हजार प्रस्ताव गरेको छु ।
यसै गरी व्यय तर्फको संशोधित कूल ५६ करोड ३४ लाख, ५२ हजार मध्ये संघीय सरकार सशर्त अनुदान तर्फको व्यय अनुमान रकम रु. १९ करोड, ६४ लाख, प्रदेश सरकार सशर्त अनुदान रु. १ करोड १० लाख, प्रशासनिक खर्च चालु ६ करोड ३३ लाख २० हजार, प्रशासनीक खर्च पुंजीगत तर्फको रु. ६५ लाख, कृषि शाखाको कार्यक्रम रु.४५ लाख, पशुसेवा शाखाको कार्यक्रम रु. ४५ लाख नगर योजना तथा कार्यक्रमको रु. १० करोड ४२ लाख ८२ हजार वडा योजना तथा कार्यक्रमको रु.४ करोड ७५ लाख ५० हजार जेष्ठ नागरिक दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम रु. १२ करोड गरिब संग विश्वेश्वर कार्यक्रमको रु. ९ लाख, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको रु. ५ लाख, सडकवोर्ड तर्फको रु. ४० लाख गरी जम्मा ५६ करोड ३४ लाख ५२ हजार व्यय अनुमान गरेको छु ।
श्रद्घेय अध्यक्ष एवं सदस्यज्यूहरु,
१३. अब म आगामि आ.व.२०७६÷७७ को लागि तयार भएको आर्थिक विधेयक २०७६ लाई यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहान्छु । आर्थिक विधेयक यहांहरुको फाईलमा संलग्न छ ।
१४. अब म आर्थिक वर्ष २०७६÷०७७ को लागि तयार भएको विनियोजन विधेयक, २०७६ लाई सभामा प्रस्तुत गर्ने अनुमति चाहान्छु । विनियोन विधेयक यहांहरुको फाईलमा संलग्न छ ।
अन्त्यमा, प्रस्तुत बजेट तथा कार्यक्रम तर्जुमाको सिलसिलामा अध्यक्ष ज्यूबाट प्राप्त मार्गदर्शन तथा सुझाव प्रति कृतज्ञता व्यक्त गर्दछु । साथै श्रद्धेय नगरसभाका सम्पुर्ण सदस्यज्यूहरु विभिन्न टोलवस्तीका समूदाय, वडा स्तरमा सहभागी बुद्धिजीविहरु, कर्मचारी मित्रहरु आम नागरिक, संचार माध्यम, संघ–संस्था, ल्न्इरक्ष्ल्न्इ लगायत सवैलाई सृजनात्मक, सकरात्मक एवं रचनात्मक सहयोगका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै योजना तर्जुमाको चरणमा जस्तै कार्यान्वयनको चरणमा समेत जनप्रतिनिधिज्यूहरु लागयत सरोकारवालाहरुको सक्रिय, प्रत्यक्ष र अर्थपूर्ण सहभागिता रहनेमा म विश्वस्त छु । प्रस्तुत बजेटलाई सबै सदस्यज्युहरुको ओजपूर्ण एवं गरिमामय सहभागिता र छलफल वाट पास गर्नु हुनेछ भन्ने अपेक्षाका साथ छलफलमा सहभागिताको लागि सबै प्रति अनुरोध गर्दै विदा हुन्छु । धन्यवाद ।।
धन्यबाद ।।।
खडानन्द बेल्वासे
उप–प्रमुख
संयोजक
बजेट तथा कार्यक्रम तर्जुमा समिति  

अन्य समाचारहरु