अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । विप्लब नेतृत्वको नेपाल कम्युस्टि पार्टीले गरेको नेपाल बन्दले अर्घाखाँचीको सन्धिखर्क लगायत जिल्लाभर जनजीवन प्रभावित भएको छ ।
अर्घाखाँचीबाट छुट्ने एम्बुलेन्स बाहेक लामो तथा छोटो दुरीका सवारीसाधन उद्योगधन्दा शिक्षणसंस्था पुर्णरुपमा ठप्प रहेका छन् भने बन्दको पूर्व सन्ध्यामा नेकपाले सन्धिखर्क पाणिनी भुमिकास्थान सितगंगामा मसाल जुलुस समेत निकालेको थियो ।
जिल्लावाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन उद्योगधन्दा तथा पसलहरु र शिक्षणसंस्था पुर्णरुपमा ठप्प रहेका छन् ।
यसैगरी जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर १, छत्रदेव गाउँपालिका वडा नम्वर ५ र ७ वडा कार्यालयहरु सहित छत्रदेव गाउँपालिका वडा नम्वर ७ को मडेलचौरमा रहेको लु १ क २२३८ नम्वरको जेसिविमा राखिएका डल्ला शंखास्पद बस्तु जिल्ला स्थीत सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएको छ ।