गणेश बेल्बासे संगम
बाँगी, अर्घाखाँची । मालारानी गाउँपालिका वडा नं. ५ स्थित शान्ति माध्यमिक विद्यालय बाँगीमा एक कार्यक्रमका बिच अन्तरक्रिया कार्यक्रम हिजो सोमबार सम्पन्न भएको छ ।
प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तर्गत शैक्षिक सत्र २०७६ बाट कक्षा ९ मा कम्प्युटर इन्जिनियरिङ्ग कक्षा संचालन र व्यवस्थापान सम्बन्धी अन्तरकृया कार्यक्रम आयोजना भएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहनु भएका माननिय राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काले प्राविधिक शिक्षाको महत्वका बारेमा प्रकाश पार्दै त्यसलाई सफल बनाउन सबैले आफ्नो दायित्व पूरा गर्न आग्रह गर्नु भएको छ ।
प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तरगतको कम्प्युटर इन्जिनियरिङ्ग कक्षा संचालन गरी शान्ति माविको शैक्षिक विकास गर्न अन्तरकृया कार्यक्रम संचालन गरिएको प्रअ मान बहादुर पाण्डेले हामीलाई बताउनु भएको छ । कार्यक्रमको औचित्यका विषयमा थप जानकारी गराउँदै प्रअ पाण्डेले विद्यालयको आगामी शैक्षिक सत्रको शैक्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
अन्तरकृया कार्यक्रममा मलारानी-५ का वडाध्यक्ष शोभाकर भुसाल, PTA अध्यक्ष मित्रलाल आर्चाय, गिरी प्रसाद आचार्य, मणिराम खनाल, देवि बहादुर खड्का, हरी चौहान, जिवनारायण खनाल लगाएतले आफ्नो भनाई व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् माननिय राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काको अध्यक्षता र तारा प्रसाद भुसालको संचालनमा सम्पन्न भएको थियो ।
सामुदायिक विद्यालय शान्ति माविमा प्राविधिक विषयको पढाइ सुरु हुने भए पछि त्यस क्षेत्रका विद्यार्थी र अभिभावक खुसी भएका छन् ।
इच्छूक विद्यार्थीहरूलाई समयमै सम्पर्क राख्न जानकारी समेत गराइएको छ। जसमा जम्मा ४० सिट हुनेछ ।