ठाडाको ज्योती माबिमा प्रहरी ‌सचेतना मुलक कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको ठाडामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‌सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।    
“समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीको आयोजना गृह मन्त्रालयको साप्ताह व्यापी कार्यक्रम अन्तर्गत शितगंगा नगरपालिका वार्ड नं. ३ ठाडाको  बरबोट   स्थित  ज्योती मा.बि.मा ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक गणेश बहादुर नरालको टोलीले लागु औषध सुर्तीजन्य पदार्थ सेवनबाट हुने असर बारे जनचेतनामुलक प्रशिक्षण दिनुभएको थियो। 
कार्यक्रममा शितगंगा नगरपालिका ३ नं वार्डका वडाअध्यक्ष दमोदर अधिकारी, बिद्यालय प्र.अ. शंकर अर्याल, शिक्षक तथा बिद्यार्थीहरु गरी अनुमानित १२० जना सहितको उपस्थिति रहेको थियो । 

अन्य समाचारहरु