सुर्य भुसाल
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रदेस सासद तथा नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले सन्चार क्षेत्रको बिकासका लागि तीन तहका सरकारले विशेष ध्यान दिनु पर्ने बताउनु भएको छ ।
रेडियो शितगंगाले शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडामा आयोजना गरेको ६ दिने रेडियो उत्घोषण तथा पत्रकारिता तालिमको समापन गर्दै सासद आचार्यले पत्रकारहरुले नेपालको हरेक आन्दोलनमा खेलेको अग्रणि भुमिका महत्त्वपूर्ण रहेको बताउदै सन्चारको बिकास बिना मुलुकको सम्बृर्दि सफल हुन नसक्ने बताउनु भयो ।
सासद आचर्यले कसैको ब्यक्तिगत प्रतिसोधमा नलागि सत्य तथ्यमा आधारित समचार सम्प्रेषण गर्न सन्चार क्रमिहरुलाई आग्रह गर्नु भयो । आचर्यले अर्घाखाँची जिल्लामा पोछिल्लो समय सन्चार क्षेत्रको निकै बिकास भएको बताउदै जिल्लामा हुने अनियमितता भष्टचारको भन्डाफोर गर्दै जनतालाई सहि सत्य सुचना उपल्बध गराउनेमा लाग्न उहाले आग्रह गर्नु भयो ।
आचार्यले अब पत्रकारहरुले आफ्नो अधिकारका लागि आन्दोलन गर्ने अबस्था नआउने बताउदै ५ नम्बर प्रदेस सन्चार क्षेत्रको बिकासका लागि पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो ।
नेता आचर्यले अर्घाखाँची जिल्लाको बिकासका लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताउदै नमुना अर्घाखाँची सबैको कल्पना भएको बताउनु भयो ।
कार्यक्रममा शितगंगा नगरपालिकाका उपप्रमुख टीका रेष्मि नेकपा शितगंगाका अध्यक्ष वसन्त श्रेष्ठ पत्रकार माहासघका अध्यक्ष हिम जिसि लेकाली पत्रकार बिरेन्द केसी लगाएतले शुभकामना दिऐका थिए ।
कार्यक्रम शितगंगा मिडिया प्रालिका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा तालिम समापन भएको हो ।