पाणिनी, अर्घाखाँची (अर्घाखाँची डट कम्/व्युरो) । ५४ करोड़ ७५ लाख ५९ हज़ार वजेट मार्फत आर्थिक वर्ष २०७६/०७७ को निती तथा कार्यक्रम सार्वजनिक गर्दै पाणिनी गाँउ पालिकाको सातौँ गाँउ सभा दुर्गाफाटमा सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि कृषि, खानेपानी, सडक, पर्यटन, खेलकुद, पूर्वाधार विकास लगायतलाई प्राथमिकता दिँदै ५४ करोड, ७५ लाख ५९ हजारको बजेट ल्याएको छ ।
बुधबार आयोजित सातौ गाउँसभामा उपाध्यक्ष लक्ष्मी गौतमले ५४ करोड, ७५ लाख , ५९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् ।
आयोजित गाउँ सभामा आ. व ०७६÷७७ का लागि कुल बजेटबाट २६ करोड ५३ लाख सामाजिक विकासका लागि विनियोजन गरको छ ।
त्यस्तै भौतिक पूर्वाधार विकासका लागि ८ करोड ३३ लाख, आर्थिक विकासका लागि २ करोड २१ लाख, संस्थागत बिकासका लागि ९१ लाख, कार्यालय सन्चालनका लागि ५ करोड ९० लाख, सामाजिक सुरक्षा कोषको लागि १० करोड, बित्तीय कोषको लागि ८६ लाख विनियोजन गरेको छ ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष गौतमले ५ वर्षभित्र पालिकावासी सबैको घरमा खानेपानीको धारा हुने बताईन । बाह्रै महिना यातायात संचालन हुनेछ । ‘धार्मिक पर्यटकीय हिसाबले एकपटक पाणिनि आउनैपर्ने हुनेछ,’ उनले भनिन् ।
नीति तथा कार्यक्रममा रोजगारी बृद्धि गर्ने, सार्वजनिक पार्क बनाउने र भएका पार्कलाई व्यवस्थित गरी आन्तरिक पर्यटन विस्तार गर्ने, आवश्यक जनशक्ति तयार गर्ने, घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने, पाँच तल्ला भन्दा माथि निर्माण गरिने भवनहरुलाई विशेष छुट दिने सामुदायिक कृषि भवन, दरखसवा पार्क, डण्डामा बोटिङ संचालन जस्ता कार्यलाई समयमै निर्माण गरी संचालन गर्ने, मापदण्ड अनुसारमा सबै सडक पक्की गर्ने, क्षेत्रीय सहरी विकास आयोजनाका बाँकी कायम गुणस्तरी बनाउँदै समयमै सम्पन्न गर्ने लैङ्गक हिंसा न्यूनीकरणमा विशेष अभियान संचालन गर्ने नीति लिइएको बताईन् ।
तस्वीर भिंडियों / डिआरजी सुमन अर्घाखाँची डटकम्