डिभर्नाका ब्लड क्यान्सर ४ बर्षिय बालकको पैसा नहुँदा उपचार रोकियो

अर्घाखाँचीडट्कम संवाददाता 
 काठमाडौं असार ११ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका ११ डिभर्ना का ब्लड क्यान्सर पिडित ४ बर्षिय बालक क्रिस गाहा मगरको उपचार आर्थिक नहुदा रोकिएको छ। सहयोग मा जुटिदिन हस्पिटल को बेडबाटै क्रिस गाहा मगर की अामा निसा गाहा मगरले अपिल गरेकी छन ।
पिडित बालक को अहिलेको अबस्था अत्यन्तै नाजुक रहेपनि उपचार गर्ने पैसा नहुदा बेडमा छट्पटाएर बस्न बाध्य भएका छन्।।केहि दिन अगाडि अर्घाखाँचीका सामाजिक अभियान्ता सचिन पाण्डे र बिस्नु सुबेदिले उद्दार गरि कान्तिबाल अस्पताल मा लगेर बेडको बन्द बस्त मिलाई अाफ्नो साथमा भएको ५५०० सय ले उपचार सुरु गरेका थिए ।
पिडित बालक बचाउन अभियान समेत संचालन गरेका सचिन पाण्डे ले अाफ्नो फेसबुक अाईडिबाट बच्चा को प्रत्यक्ष लाईभ गरेर उनको अबस्थाबारे सबैलाई जानकारी गराएका थिए। यसै अभियानमा अर्घाखाँची का विभिन्न ठाउँबाट रोजगारी को सिलसिलामा बहराइन बाट प्रवासी समाज बहराइनमा अाबद्द युवाहरुले युवराज केसि को नेतृत्वमा ने.रु ६४००० हजार जम्मा गरि पठाएपछि बाबुको उपचार गर्न केही सहज भएको अभियानता पान्डे बताउछन ।
परिवारको अार्थिक अबस्था अत्यन्तै दयानिय छ। बस्न लाई घर बाहेक अरु सम्पत्ति नभएको स्थानीय बताउछन । केशव गाहा मगरका (४ वर्ष ) का एक छोरा क्रीस गाहा मगर हुन । दिन भरी ज्याला मजदुरि गरेर घर चलाउने गरेको स्थानीय बताउछन ।
पीडित बालकको अबस्था अहिले नाजुक भएपछि तुरुन्त अाईसियुमा राखेर उपचार गर्दा उक्त सहयोग पनि सकिएर अहिले हस्पिटल मा पिडित बालकको उपचार रोकिएको छ।
तुरुन्तै उनलाई किमो चढाउनु पर्ने भएकोले किमो चढाउने पैसा नहुदा उनिहरु हस्पिटल को वार्डमा बसि रहेका छन्।
पिडित बालकलाई हिजो रगत चढाउनु पर्ने थियो तर साथमा पैसा र समयमा रगत जुटाउन न सक्दा अाज दिउसो सामाजिक अभियानता सचिन पाण्डे र बिस्नु सुबेदिले अाफ्ना साथिहरु लाई हस्पिटल लगेर ब्लड डोनेसन गरेर पिडित बालकलाई रगत चढाएको बाबु कि आमा निसा गाहा मगर बताउछिन ।
कृपया यी बालकलाई सबैले अाफु सक्दो सहयोग गरि बचाउन अपिल गरिएको छ।  जानकारी लिन्न को लागि अथवा सहयोग का लागि – ९८१५४७७४८९, ९८४३८४७६३६

अन्य समाचारहरु