सुर्य भुसाल
पोखेडाँडा, अर्घाखाँची असार १२ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका- १० पोखेडाँडा लहरेखाेलामा जीप दुर्घट्ना हुँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा सन्धिखर्क ९ का ७० बर्षिय बोम बहादुर खत्री रहेको प्रहरीले जनाएको छ ।
अर्घाको नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याप जीप पोखेडाँडाको लहरेखाेलामा सडकबाट करिव १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।
३ जना यात्रु बोकेर गुडिरहेको जिप दुर्घटना हुँदा जिप चालक झबिन्द्र खत्री र अनिल जिसी घाईते भएका छन् । घाईते मध्ये झबिन्द्र खत्रीको अवस्था चिन्ता जनक रहेको अस्पतालले जनाएको छ । घाईतेको थप उपचारका लागी बुटवल लगिएको छ ।