सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पतंन्जली योग समिति अर्घाखाँचीले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा सरुवा भई आउनु भएका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टलाई एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेको छ ।
सम्मान स्वागत कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक बिष्टले जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गर्नका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताउदै सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो ।
उहाले जिल्लामा योग शिबिरहरु सन्चालन भएको देख्दा आफु निकै हर्षित भएको बताउदै अनुसासन तन्दुरुस्त निरोगिताको लागि योग अपरिहार्य भएको बताउदै यस्ता खालका रचनात्मक कामका लागि सबैलाई धन्यवाद दिदै आफु पनि यस क्षेत्रको किकासका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क अहिले योगमय बनेको छ । सन्धिखर्कका १ दर्जन भन्दा भन्दा बढि ठाउँमा योगा शिबिरहरु सन्चालनमा आएको समाजसेवी लक्ष्मण पराजुलीले बताउनु भयो ।
योगमा युवा देखि बृद्दासम्मको आकर्षण छ ।