सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। राष्ट्रिय पुननिर्माण जिल्ला आयोजना ईकाई अर्घाखाँचीले आर्थिक बर्षमा ९० प्रतिशत काम सम्पन्न गरेको छ ।
जिल्लामा यो आयोजना सुरु भएदेखि हाल सम्म बिकास निर्माणले तिब्रता पाएको हो । पुननिर्माण प्राधिकरण अन्तरगत जिल्लामा दुई ठुला सडक पोर्जेटहरु छन जस अन्तरगत चाक्ला सिद्दारा, नयाँबस्ती धानखोला सडक गौरवको सडकको काम दुर्त गतिमा अगाडि बढेको छ सडकको झन्डै ९५ प्रतिसत काम पूरा भईसकेको आयोजना ईकाई प्रमुख बलाराम मिश्रले जानकारी दिनु भयो ।
प्राधिकरणको झन्डै २४ करोडको लागतमा निर्माण हुन लागेको सो सडक अर्घाखाँची जिल्लाको सबैभन्दा ठुलो सडक हो सडकमा काम पनि दुर्त गतिमा अगाडि बढेको साईट ईन्चार्ज सब ईन्जिनियर हरि बोहराले जानकारी दिनु भयो । प्राधिकरण अन्तरगत उपल्लो पोखरा ढाकाबाङ पिपलनेटा गोखुङगा अन्तरगतको सडकमा पनि काम दुर्त गतिमा अगाडि बढेको छ प्राधिकरणको १६ करोड लगानिमा सडक निर्माण हुन लागेको र सडको ७५ प्रतिसत काम सम्पन्न भएको बाँकी काम तोकिएको समय भन्दा अगाबै सम्पन्न हुने गरि काम भई रहेको आयोजना प्रमुख बलाराम मिश्रले बताउनु भयो ।
प्राधिकरणले गरेका सडकहरु अनुगमन गर्दा गुणस्तरीय देखिएको समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामिले बताउनु भयो । यो सडक सम्पन्न भएपछि अर्घाखाँचीका हजारौं घरधुरि लाभान्वित हुने छन काम को । चाक्ला सिद्दारा नयाँ बस्तिको सडक युवा ब्यबसायी वसन्त भुसाल र ढाकाबाङ सडकको काम बरिस्ठ निर्माण ब्यबसायी नारायण प्रसाद बन्जाडेले लिएका छन ।
प्राधिकरण अन्तरगत जिल्लामा ३१ बटा बिधालयका भबनहरु निर्माण भईरहेका छन जसमा ४ कोठे भबन १५ वटा बिधालय २ कोठे १३ वटा र ३ कोठे ३ बटा गरि ३१ बिधालयका भबनहरु निर्माण भईरहेको आयोजना प्रमुख बलाराम मिश्रले बताउनु भयो । यी बिधालयमा निर्माण हुन लागेका २ र ३ कोठे भबनहरु सम्पन्न भएको र बाँकी ४ को ११ वटा बिधालयको भबन पनि निर्माण पूरा हुने चरणमा छन भने ४ बिधालयमा निर्माण सम्पन्न हुन केही समय लाग्ने प्राधिकरण का सब ईन्जिनियर ऋषिकेश पोख्रेलले अर्घाखाँचीडट्कमलाई जानकारी दिनु भयो ।
अर्घाखाँची जिल्लामा निजि आवस निर्माणका लागि प्राधिकरणले १ हजार सैतिसको निबेदन दर्ता गरि उनिहरुको भुकम्पका कारण घर क्षेति भएको पहिचान गरेको थियोे । जसमा ९ सय ४७ जनाले जिल्ला ईकाईमा आई सम्झौता गरि आफ्नो काम सुरु गरेका थिए ।
हालसम्म प्राधिकरण ईकाईबाट ४ सय जनाले दोस्रो किस्ता र ३ सय ५ जनाले तेस्रो किस्ता लगेका छन भने अषाढ २१ गते भन्दा पछाडि निजि आबासको सम्झौता नहुने प्रमुख मिश्रले बताउनु भयो ।