गोपाल प्रसाद भट्टराई / अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं.२ किमडाँडाको भलायडाँडा सामुदायिक वन र पाहारपाखो बनमा विरुवाहरु वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
किमडाँडाको भलायडाँडा सामुदायिक वन र पाहारपाखो बनमा विरुवाहरु वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
डिभिजन बन कार्यलय अर्घाखाँचीको आयोजना तथा सामुदायिक बन उपभोक्ता महासघ अर्घाखाँचीको समन्वयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
वृक्षारोपणण कार्यक्रममा प्रदेस नम्बर ५ का सासद चेतनारायण आचार्य सासद रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक डिभिजन बन प्रमुख शिव शर्मा, प्रहरी नाउब उपरीक्षक प्रकाश बिष्ट साहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा रामबाण गणका निरज भन्डारी वार्ड नम्बर २ का अध्यक्ष मोतिजग रायमाझी विभिन्न कार्यालयका प्रमुखहरु राजनीति दलका नेताहरु सुरक्षाकर्मि, सन्चारकर्मि सामुदायिक बन महासघका पदाधिकारी सदस्यहरु उधोगी ब्यबसायी,स्थानियबासीहरुको ठूलो सहभागीता थियोे ।
कार्यक्रम सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षता सिला पोख्रेलको सन्चालन डिभिजन बन अधिकृत शिव शर्माको बिषय बस्तु प्रबेशबाट कार्यक्रम सम्पन्न भएको हो ।
प्रदेश ५ का सांसद चेतनारायण आचार्यले वातावरण जोगाउन वन संरक्षण र वृक्षारोपण आवश्यक रहेको बताएका छन् । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज सन्धिखर्क २ भलायडांडामा तेजपत्ताका बिरुवा रोप्दै सांसद आचार्यले स्वच्छ र हराभरा वातावरणका लागि वृक्षारोपण आवश्यक रहेको बताएका हुन् । तीन वर्षभित्र फलफूलका ३ करोड करोड सहित देशभर ५ करोड विरुवा रोप्ने सरकारको लक्ष्य रहेको उहांले जानकारी दिनुभएको छ ।
प्रदेशकै अर्का सांसद रामजी प्रसाद घिमिरेले अर्घाखाँची जस्तो पहाडी जिल्लामा अत्यधिक सडकका कारण जमिन खुकुलो भएको भन्दै सचेत हुनुपर्ने बताउनुभएको छ । वातावरण विनाशबाट मानव जिवन संकटमा पर्ने भन्दै उहांले वातावरण जोगाउन वृक्षारोपणमा सरिक हुन सबैलाई आह्वान समेत गर्नुभएको छ ।
कार्यक्रममा सन्धिखर्क नगर उप–प्रमुख ठाकुर कुमार वि.क.ले शहरमा हरियाली बढाउन र वाताबरणलाई स्वच्छ बनाउन बृक्षारोपण अभियान थालिएको बताउनुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख शिव प्रसाद शर्माले कार्यालयको तर्फबाट मन्तव्य राख्दै वनजंगल विनाशबाट खानेपानीको मुहान सुक्ने,खडेरी पर्ने जस्ता समस्याले मानवीय संकट उत्पन्न हुने भन्दै उनले वातावरण जोगाउन एक व्यक्ति एक विरुवा हुर्काउन आह्वान गर्नुभएको छ ।
सहायक वन अधिकृत शिला पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि,विभिन्न तहका जनप्रतिनिधि,सरकारी एवम् ग्रैह सरकारी कार्यालयका कर्मचारी,नेपाली सेना,प्रहरी सहित सुरक्षा निकाय,सामुदायिक वनका उपभोक्ताहरु,स्थानिय वासिन्दा लगायतको उल्लेख्य सहभागितामा भलायडांडा पार पाखो सामुदायिक वनमा करिब ८ हजार तेज पत्ताका विरुवा रोपिएको हाे । सरकारले हरेक बर्ष असार १४ लाई ‘राष्ट्रिय वृक्षारोपण दिवस’ घोषणा गर्दै वृक्षारोपण अभियान सुरु गरेको हो ।
यस्तै कार्यक्रममै नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यक्रम अनुसार आजै उक्त स्थनामा नेकपा अर्घाखाँचीले समेत बृक्षाराेपण कार्य सम्पन्न गरेकाे हाे।