नेकपा सन्धिखर्कको नगरपालिका वार्डका अध्यक्ष र सचिव तथा वार्ड नं.१,२ र ३ का सदस्यहरुकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी नेकपा सन्धिखर्कले नगरपालिका वार्डका अध्यक्ष र सचिव तथा वार्ड नं.१,२ र ३ का सदस्यहरुकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कमा आयोजना गरिएको कार्यक्रममा जिल्ला पार्टी अध्यक्ष, प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले सपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश सभा सदस्यहरु पिताम्बर भुसाल, तोजबहादुर रायमाझी बिधान लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव शिबहरी अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु