अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७ पालीको भन्ज्याङमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार गाँजा फडानी कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी चौकी पाली अर्घाखाँचीबाट खटिएको प्रहरी टोली र स्थानिय युवा क्लवको उपस्थिमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार पाणिनी गाउँपालिका वडा नं. ७ भन्ज्याङमा प्राकृतिक रुपमा उम्रिएका गाँजा फडानी कार्यक्रम सम्पन्न भएको हो ।
उक्त क्षेत्रमा अन्दाजी ५०० वटा गाँजाका वोटहरु नष्ट गरिएको थियो ।