सन्धिखर्कका निर्माण व्यवसायी तथा समाजसेवी युवा व्यवसायी बसन्त भुसाल सबैका उदाहरणिय बने

युवा ब्यबसायी  बसन्त भुसाल

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कका निर्माण व्यवसायी तथा समाजसेवी युवा व्यवसायी बसन्त प्रसाद भुसाल सबैका उदाहरणिय बनेका छन् । उनी अर्घाखाँची का युवा जोसिला सामाजिक क्षेत्र मा लागेका क्रियासिल युवा ब्यबसाहि हुन ।उनी सगै निर्माण ब्यबसाहि सघका सह अध्यक्ष कासि बस्याल पनि काम तोकिएको समयमा सिधाउने निर्माण ब्यबसाहि हुन ।
भुसालेले जिल्लामा गरेका निर्माण, ठेक्का-पट्टाका काम समयमा सिद्दाउनुका साथै गुणस्तरीय रहेको भन्दै स्थानियबासीले खुसि ब्यक्त गर्दछन  ।
उता भुसालले ३० महिनामा गर्नुपर्ने गोरसिङे – सन्धिखर्क सडक खण्डको अन्तर्गत गोरसिङे- पत्थरकोट सडक विस्तार र कालोपत्रे गर्ने काम १३ महिनामा नै सिद्दाउन सफल भएका ब्यबसाहि हुन  ।उनले रातदिन लगाएर समयमा काम सम्पन्न गरेका हुन उनी प्रति सिबपुर सडक डिभिजन कार्यलयका कर्मचारी निकै खुसि छन 
भुसालले गोरसिङे – सन्धिखर्क सडक खण्ड विस्तार र कालोपत्रे गर्नको लागि ५० बढी कामदार रातदिन खटाएका छन् । त्यति मात्र होइन उनले चाक्ला जुकेना सडक खन्डको काम समेत ८० प्रतिसत काम पूरा गरेका छन ।
 सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडामा जन्मेका र हाल सन्धिखर्क वार्ड नम्बर १ मा बसोबास गर्दै आएका बसन्त भुसाल अहिले युवा ब्यबसायीको रुपमा परिचित छन् ।  
सानै  उमेरदेखि निकै मिहिनेती अनुसासित सालिन भद्द स्वभावका वसन्त भुसाल अर्घाखाँचीको पहिलो युवा ब्यबसायी हुन् ।
युवा ब्यबसायी भुसाल निकै सामाजिक सरल सहयोगी मनका धनिको रुपमा परिचित छन्, उनले समय – समयमा पैसाको अभावमा उपचार गर्न नपाएका गरिवहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । 
सन्धिखर्कको मेन चोकमा रहेको भुसाल आयल सेन्टर तथा रुपन्देहीको बासगढिमा रहेको भुसाल पेट्रोल पमको प्रोपाईटर समेत रहेका सामाजिक अभियान्ता वसन्त भुसाल अर्घाखाँची नभई अहिले ५ नम्बर प्रदेका चर्चित काम गर्न सक्ने क्षमतावहान निर्माण ब्यबसायीको रुपमा चर्चित समेत छन ।
हेबी ईक्विपमेन्ट व्यवसायी समितिको केन्द्रीय बरिष्ठ उपाध्यक्ष समेत रहेका युवा ब्यबसायी भुसाल अहिले ५ नम्बर प्रदेसको हेबी ईक्विपमेन्ट व्यवसायी अध्यक्ष समेत हुन् ।

अन्य समाचारहरु