ढाकावाङमा पञ्चेबाजासँगै मनाईयो धान दिबस

नबिन के.सी
ढाकावाङ, अर्घाखाँची । धान खेतीमा प्रबिधी र यान्त्रिकीकरण , चामल आयतमा न्यूनीकरण भन्ने मूल नाराका साथ भुमिकास्थान नगरपालिकाको ढाकावाङमा १६ औ धान दिबस पञ्चेबाजा संगै किसानको खेतमा पुगेर मनाईएको छ । 
Photo8
नगर प्रमुख रेशम थापा सहित ७० जनाको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको नगरपालिकाका कृषि प्रमुख कृष्ण नेपालीले जानकारी दिनु भयो । भुमिकास्थान नगरपालिकाको वडा नं १ र वडा नं २ को संगम स्थल सामने गाउँको फाँटमा किसान रोमा खनालको खेतमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । 
कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख रेशम थापाले नगरपालिकाले किसानहरुको पक्षमा निती कार्यक्रम र बजेट समेत बिनियोजन गरेको बताउँदै नगर क्षेत्रलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाई अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रम्मा भुमिकास्थान नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोजराज खनाल , वडा नं २ का अध्यक्ष बृद्धि बहादुर थापाले नगरपालिकाले धान दिबस जस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने र दुई वटा वडाको संगम स्थल छनौट गरेकोमा धन्यबाद दिनु भएको थियो । 
धान खेतिको नबिनतम प्रबिधीको बारेमा किसानहरुलाई कृषि प्राबिधीक रामबहादुर थापाले जानकारी दिनु भयो । उक्त कार्यक्रम्मा स्थानीयबासीहरुको उत्साह जनक सहभागीता रहेको खेमबहादुर राउतले जानकारी दिनु भयो ।

अन्य समाचारहरु