अर्घाखाँचीका ३ नगरपालिका र ३ गाउँपालिकामा बजेट कहाँ कति

अर्घाखाँची जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा आ.ब.०७६/०७७ को प्रस्तुत नीति कार्यक्रम तथा बजेट यस्तो छ:-  
१)  शितगंगा नगरपालिका जिल्लाकै भौगोलिक हिसाबले ठूलो छ । जसमा १४ वडा छन् ।यस नगरपालिकाले आर्थिक वजेट २०७६/ ०७७ को कूल रु ७८३०८१०००/ अठत्तर करोड तिसलाख एकासी हजारको प्रस्तुत वजेट मध्ये पहिलो सडकमा राखेको छ। साथै शिक्षा , खानेपानी ,कृषि पशुपालन , स्वस्थ्य यसरी क्रमिक रुपबाट लागू गरेको छ । त्यहाँका नगर प्रमुख सुर्य अधिकारीले जानाकारी गराउनु भएको छ ।
२) सन्धिखर्क नगरपालिका यस नगरपालिकामा १२ वडा रहेका छन् । यसमा जिल्ला सदरमुकाम अर्घा भगवती मन्दिर , सुपादेराली मन्दिर रहेको छ ।आर्थिक बर्ष २०७६ ०७७ को वजेट कूल रकम रु ६५१९६७०००/ पैसट्ठी करोड उन्नाइस लाख सतसट्ठी हजारको प्रस्तुत गरेको जानाकारी उप प्रमुख ठाकुर कुमारले बताउनु भएको छ । जसमध्ये पहिलो सडक राखिएको छ ।खानेपानी , कृषि , स्वास्थ्य , शिक्षा , पशुपालन अन्य रोजगार सिपमुलक जस्ता कार्यक्राम थुप्रै राखिएको जानाकारी गराउनु भएको छ ।
३) भुमिकास्थान नगरपालिका यस नगरपालिका अन्तरगत १० वडा रहेका छन् ।यो नगरपालिकामा प्रचुर मात्रामा च्यूरीका रुख पाकु धन्चौर लगायतमा हुने भएकोले विजुलाबाट घ्यू उत्पादन हुन्छ । यस आर्थिक बर्ष २०७६ /०७७ को कूल वजेट रु ५६३४५२०००/ छपन्नकरोड चौतिसलाख बाउन्नहजार प्रस्तुत भएको जानाकारी नगर प्रमुख रेशम थापाले बताउनु भएको छ । पहिलो प्राथमिक सडकमा दिएको समेत जानाकारी गराउनु भएको छ । साथै खानेपानी , कृषि , शिक्षा , पशुपालन र ससाना सिपमुलक कार्यक्रम राखिएको समेत बताउनु भयो ।
४) मालारानी गाउँपालिका यस गाउँपालिकामा ९ वडा छन् । यो मालारानीको एउटा अचम्मको विशेषता छ । घेरमालारानी अल्गो ठाउँ त्यहाँबाट आषाण, श्रावण महिनामा सेताम्पुर पानीका झर्नाहरु आल्सामारी मास्थिर नजिकै बाट सेताम्मे देखिन्छ । उक्त मुहान रिडिमा मिसिने भएकोले यसलाई रिडिको शिर भन्ने बुढा पाकाहरुले गर्दथे । यहाँ अल्गा , अल्गा लेकहरु घेरको लेक, गढिको लेक, टापुको लेक छन् । मालारानी गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को कूल बजेट रु५४४३४५०००/ चौहन्न करोड , त्रिचालीस लाख पैचालिस हजारको प्रस्तुत भएको गाउँपालिका प्रमुख बालकृष्ण आचार्यले जानाकारी गराउनुको साथै पहिलो खानेपानीलाई राख्दै प्रयटक, कृषि ,सडक ,शिक्षा , स्वास्थ्य पशुपालन , सिपमुलक लगायत अन्य कार्यक्रम राखिएको बताउनु भयो ।
५) छत्रदेव गाउँपालिका यस पालिकामा ८ वडा रहेका छन् । यहाँ ऐतिहासिक बलकोटको पौवा भनेर चिनिन्छ । हस्तकलाले बिभिन्न प्रकारका चित्रहरु लेखिएको देखिन्छ । राणाहरुका पालामा बिचित्र बिचित्रका चित्र लेखेको भनेर कालिगड्का हात काटिदिएका हुन् रे राणाहरुले भनेको सूनिन्छ । यस गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले आर्थिक बर्ष २०७६/०७७ को कूल वजेट रु ४९८०१७८२६/ उन्चासकरोड असिलाख सत्रहजार आठसय छब्बीस रुपैयाँको वजेट प्रस्तुत तुल्सी देबी श्रेष्ठ ले गरेको जानाकारी दिनुभयो । साथै खानेपानी, शिक्षा ,सडक , कृषि , पशुपालन , स्वास्थ्य ,सिपमुलक कार्यक्रम राखिएको जानाकारी गराउनु भयो ।
६) पाणिनी गाउँपालिका यस पालिकामा ८ वडा छन् । यो ठाउँ अर्घाखाँची जिल्लाको शिक्षा क्षेत्रमा निक्कै कहलिएको मानिन्थ्यो ।यहाँ हरिहर सस्कृत विध्यालय निकै चर्चामा थियो । यस अर्थिक बर्ष २०७६/०७७ को कूल वजेट ५४७५५९०००/ चौहन्न करोड पचहतरलाख उन्साठीहजारको वजेट उप प्रमुख लक्ष्मी गौतमले प्रस्तुत गर्नुभएको र पहिलो खानेपानी राख्नु बहएको छ ।त्यसैगरी कृषि , स्वास्थ्य , सडक , शिक्षा , पशुपालन लगायत अन्य साना कार्यक्रम राखिएको समेत जानकारी गराउनु भयो ।
 संक्षिप्त परिचय
नेपालको पश्चिमाञ्चलमा पर्ने यो जिल्ला पूर्वमा पाल्पा, दक्षिणमा रुपन्देही र कपिलवस्तु, उत्तरमा गुल्मी, पश्चिममा प्यूठान र दाङ्ग जिल्लाहरुद्धारा परिेवेष्टित छ । विश्व मानचित्रमा यस जिल्लाको कुल क्षेत्रफलः ११९३ वर्ग किलोमिटर अक्षांश २७ डि. ४५ मि. देखि २८ डि. ६ मि. उत्तर, देशान्तर ८० डि. ४५ मि. देखि ८३ डि. २३ मि. पूर्व बीच यो जिल्ला अवस्थित छ । यस जिल्लाको उचाई समुन्द्र सतह देखि ३०५ मिटरदेखि २५१५ मिटर रहेको छ भने औषत वर्षा २२०० मिलिमिटर (औषत वार्षिक) छ । यस जिल्लाको तापक्रम न्यूनतम् ६.५० देखि अधिकतम् ४०० सेन्टिग्रेड सम्म हुने गर्दछ । दक्षिणतर्फ चुरे र उत्तर तर्फ मध्यपहाडी क्षेत्रहरु मिली बनेको यो जिल्ला भू–उपयोगको दृष्टिले सरकारी वन ३४ प्रतिशत, सामुदायिक वन २२ प्रतिशत, कृषियोग्य जमीन ३९ प्रतिशत, नदी नाला ५ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०११ बमोजिम जिल्लाको कुल जनसंख्याः १९७६३२ रहेको छ भने जसमा पुरुष जनसंख्याः ८६२६६ र महिला जनसंख्याः १११३६६ रहेको छ । जिल्लामा ४६,८३५ घरधुरीहरु रहेका छन् । प्रशासनिक दृष्टिले यो जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका, गरी जम्मा ६ वटा पालिकाहरु रहेका छन् । जसमध्ये शितग‌ङ्गा नगरपालिका भुगाेलकाे हिसाबले देशकै सबैभन्दा ठुलाे नगरपालिकाकाे रुपमा रहेकाे छ । 

अन्य समाचारहरु