अर्घाखाँचीमा ट्राफिक प्रहरीद्धारा चेकजाँचलाई तिव्रता, १६५० सवारी कारवाही, १० लाख ४० हजार राजस्व संकलन

कृष्ण परियार
सन्धिखर्क अर्घाखाँची असार १६  । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले पछिल्लो समयमा सवारी चेकजाँच तथा ट्राफिक नियमको कार्यान्वयन तथा अनुगमनमा तिव्रता दिएको छ । 
बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण तथा ट्राफिक ब्यबस्थापन गर्ने उदेश्यले सवारी चेकजाँच तथा ट्राफिक नियमको पालना गराउन लागि परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक राजिब श्रेष्ठले जान्कारी दिए । 
२०७६ बैशाख१ गते देखि २०७६ जेठ ३२ गते सम्म ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले ट्राफिक नियमको उलङ्घन गर्ने १६५० सवारी साधनलाई कारवाही गर्दा १०४००००।-राजस्व संकलन गरेको छ । 
ट्राफिक नियमको उलङ्घन गर्ने सवारी साधनमा ओभरलोड बोक्ने ,मोबाइल फोन प्रयोग गरि सवारी चलाउने ,जथाभाबि प्रेशर हर्न प्रयोग गर्ने ,पार्किङ गर्ने , बस ट्रक टिप्पर जिप मोटरसाइकल हाइस सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउने ,सवारी साधनको अबस्था ठिक नभएका सवारी साधनलाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ । 
समान्य रुपमा नियमलाई उलङ्घन गर्ने सवारी चालक , सह चालक , विद्यार्थी तथा यात्रुहरुलाई समेत ट्राफिक नियमको बारेमा जानकारी गराउने र सम्झाउने बुझाउने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यात्रु सर्वसाधारण तथा विद्यार्थीहरुलाई सडकको प्रयोग कसरी गर्ने बाटो कसरी पार गर्ने लगायतका विभिन्न कुराहरुमा प्रशिक्षण तथा जानकारी दिईने गरेको बताइएको छ । 
ट्राफिक नियम उल्लंघन गरि सवारी चलाउने चालक , गाडीधनी तथा सह चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा सडकमै प्रशिक्षण दिने गरिएको छ । छोटो समयमा नै प्रहरीले ट्राफिक नियमहरुको पालना गराई दुर्घटना न्युनिकरणमा समेत सहयोग पुर्याएको छ ।

अन्य समाचारहरु