सुर्य भुसाल
सन्धिखर्क अर्घाखाँची असार १६ । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले कृषि र पशुपालनको नगरपालिका भित्र निकै राम्रो सम्भावना रहेको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाले निलगिरि आमा समुहलाई गरेको बाख्रा बितरण कार्यक्रममा बोल्दै भुसालले नगरपालिकाबाट बिनियोजित बजेटबाट वार्ड कार्यालयले गरेको बाख्रा बितरणबाट महिला समूहहरुले निकै राम्रो आयआर्जन गरेर महिलाहरु आर्थिक रुपमा आत्म निर्भर बन्नेमा आफु बिस्स्त रहेकोमा जोड दिनु भयो ।
भुसालले निशुल्क रुपमा पाएका बाख्राबाट लाखौ रुपैयाँ आम्दान गर्न र त्यसबाट ब्यबसाय फस्टाउन आग्रह गर्नु भयो । कार्यक्रममा वार्ड अध्यक्ष नारायण खड्काले बितरण गरिएका बाख्राहरु सहि ढगले पालेर आम्दानी गरे नगरेको आफुहरुले अनुगमन गर्ने राम्रोसँग पाल्ने किसानलाई आगामि दिनमा प्रोत्साहित गरिने बताउनु भयो ।
कार्यक्रममा नगरसभा सदस्य हिमकला टमाटा नगरसभा सदस्य नारायण बहादुर बस्याल नगरसभा सदस्य बाबुराम बस्याल पत्रकार महासघका सचिब सुर्य प्रसाद भुसालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम नारायण खड्काको अध्यक्षता वार्ड सचिब अन्त पोख्रेलको सन्चालनमा सम्पन्न भएको हो ।