रुद्रमणि भुसाल
छत्रदेब । छत्रदेब गाउँपालिकाका अध्यक्ष्य लेखनाथ पोख्ररेलले छत्रदेब गाउँपालिका भित्रका सम्पुर्ण बेरोजगारहरुलाई लगुउद्यमको माध्यमबाट रोजगारी उपलब्ध गराउने बताउनु भएको छ ।
छत्रदेब गाउँपालिकाको आयोजनामा वार्ड नं. २ को बल्कोटमा भएको २१ दिने बासका मुडा,कुची,टेबल बनाउने तालिममको समापन गदै अध्पयक्ष पोख्ररेलले तालिममा सिकेको कुरा ब्यवहारमा प्रयोग गर्न आग्रह गदै कसैले बासका भाडा बनाउने पसल संचालन गरेमा छत्रदेब गाउँपालिका सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
कार्यक्रममा वार्ड नं. ३ का वाड अध्यक्ष तेज प्रसाद खनाल , स्थानिय बिष्णु भुसाल, पिताम्बर खनाल , हेमन्त बेल्बासे , तालिममा सहभागी तुल्सीराम बिक , पार्बता खनाल , श्रीधर भुसाल , नारायण भटराई लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम वार्ड नं. २ का वडा अध्यक्ष राजेश पंन्थीको अध्यक्षता र खिम बहादुर अधिकारीको संचालनमा सम्पन्न भएको हो । तालिममा ३० जनाको सहभागिता रहेको थियो ।