अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी नेकपा सन्धिखर्क नगर कमिटीले वार्ड नं ४ र ५ को वाङ्लामा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले सरकारले गरेका राम्राकाम बाट बिपक्षीदल अत्तालिएको बताउनु भएको छ ।
उहाँले मुलुकमा बिकास र सम्बृद्धिको अभियान सुरु भएको भन्दै सहयोगका लागि सबैपक्ष लाई अग्रह गर्नुभयो ।प्रदेश सभाका निर्वाचित सदस्य समेत रहनुभएका उहाँले प्रदेश र केन्द्र सरकार बाट जिल्लामा प्रयाप्त बजेट बिनीयोजन गरिएको भन्दै बजेटको सहिरुपमा सदुपयोग गरि जिल्ला लाई देशमै नमुना जिल्ला बनाउन सबै पक्ष सचेत हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा सन्धिखर्कका अध्यक्ष श्रीकृष्ण भुसाल , नेकपाका नेताहरु नारायण शास्त्री,राजेन्द्र भुसाल ,शिव अधिकारी लगायतका बक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।