अर्घाखाँचीडट्कम संवाददाता
बाँगी , अर्घाखाँची । “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ५ स्थित बाँगी भण्डारामा घरेलु हिंसा, बाल बिवाह, वहुविवाह र जंगली जनाबरको आक्रमण बाट बच्ने र बचाउने सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
बाँगी भण्डारामा स्थानियवासीहरुको उपस्थितीमा अनुमानित ४५ जनालाई भेला जम्मा गरी घरेलु हिंसा, बाल बिवाह, वहुविवाह र जंगली जनाबरको आक्रमण बाट बच्ने र बचाउने सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
उक्त भेलामा प्र.ना.नि. घन बहादुर बोहराले जनचेतना मुलक जानकारी दिएका थिए ।