अर्घाखाँचीडट्कम संवाददाता
घुम्ती, अर्घाखाँची । प्रहरी चौकी नरपानी अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानीको घुम्ती बजारमा लैंङगिक हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
घुम्ती बजारमा स्थानियवासीहरुको उपस्थितीमा अनुमानित ३५ जनालाई भेला जम्मा गरी प्र.ना.नि. राम प्रसाद सुवेदीले लैंङगिक हिंसा सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गर्नु भएको थियो ।