अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं. १ जिल्ला अस्पतालमा बर्षातको समयमा फैलन सक्ने संक्रामक रोगहरुबाट बच्न अपनाउनु पर्ने सावधानीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तारामार्ग स्थित स्थानियहरु अनुमानित ३५ जनालाई भेला जम्मा गरी यस कार्यालयका प्र.स.नि. सन्तोष के.सी.ले बर्षातको समयमा फैलन सक्ने संक्रामक रोगहरुबाट बच्न अपनाउनु पर्ने सावधानीको बारेमा प्रशिक्षण दिनुभई अर्घाखाँची अस्पतालको सहकार्यमा कार्यक्रममा उपस्थित सबैलाई जिवनजल बितरण गरिएको थियो ।