नेत्र मरासिनि
भगवती, अर्घाखाँची। छत्रदेव गाउँ पालिकाको दलित घर उज्यालो कार्यक्रम अन्तरगत वार्ड नम्बर ७ भगवतीमा नि:शुल्क सोलार बत्ती वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले सोलार बत्ती वितरण गर्दै कोहि पनि नागरिक आर्थिक अभावको कारण अध्यारोमा बस्नु नपर्ने र जन्ताको घर उज्यालो भएमा मात्र पालिका उज्यालो हुने भन्दै छत्रदेवले अन्य स्थानीय तह हरुलाइ उदाहरण दिने गरि आर्थिक बर्ष २०७६/०७७ को निति तथा कार्यक्रममा यो योजना ल्याएको बताउनु भयो ।

गाउँपालिकाले निति तथा कार्यक्रम ल्याए लगत्तै कार्यनयन गर्ने कामको सुरुवात गरिएको उपाध्यक्ष तुलसा देबि श्रेष्ठले बताउनु भएको थियो । नयाँ तथा रचनात्मक काम ले नै छत्रदेव गाउँपालिका उत्कृष्ट भएको प्रमुख प्रसासकिय अधिकृत खिमान्द भुसालको भनाइ रहेको थियो ।
निशुल्क रूपमा सोलार बत्ती पाए पछि त्यहाँका स्थानीय बासिन्दा निकै खुशी भएका थिए । गत बर्ष गाउँपालिकाले खरको छाना मुक्त र काठका पोल मुक्त जस्ता लोकप्रिय कार्यक्रम बाट जनताको मन जितेको थियोे ।
यस बर्ष पनि गाउँपालिकाले सबै स्थानीय तह हरुलाइ उदाहरण दिनेगरी एक घर एक खानेपानि धारा, दलित घर उज्यालो कार्यक्रम लगायत कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको छ ।