सुपा देउरालीमा जीप दुर्घट्ना, ३ जनाको मृत्यु, ५ घाईते (मृत्यु र घाइते हुनेको सम्पूर्ण विवरण र भिडियो, तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कपिलवस्तु जिल्लाको कृष्णनगरबाट अर्घाखाँची जिल्लाको सदरमुकाम आउँदै गरेको जीप सुपा देउरालीमा  दुर्घट्ना भएको छ ।  दुर्घट्नामा २ जनाको घटनास्थलमै मृत्यु भएको र १ जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको छ ।
गोरूसिंगे सन्धिखर्क सड्कअन्तर्गत सितापुर सुपादेउराली मन्दिर नजिकै आज बिहीवार बिहान करिब ११ बजे लु १ ज १३२९ नम्बरको जीप दुर्घट्नामा  परि ४ जना गम्भिर घाईते भएको र १ जना सामान्य घाईते रहेका छन् । जीपमा ९ जना सवार थिए ।
घटनास्थलमा रहेका डट्कम सहकर्मी सचिन बोहोराका अनुसार  दुर्घटनामा परी मृत्यु र  घाइते हुनेहरुमा:

१) जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ३ कुनाखर्क बस्ने बर्ष ३७ को रुद्र प्रसाद भुसाल- प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको ।
२) जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं. ३ धारापानी स्थायी घर भई जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा बस्दै आएका बर्ष अं. ५७ को सुमन्त भुषाल (चालक तथा सवारी धनी)
३) जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. १२ झेंडी बस्ने बर्ष ६१ को रण बहादुर दर्जी भन्ने रणे दर्जी 
मेडिकल कलेज भैरहवामा उपचारार्थ घाईतेहरू :
१) जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ३ कुनाखर्क बस्ने बर्ष २१ को बेद प्रसाद भुषाल 
२) जिल्ला कपिलबस्तु बुद्दभुमि नगरपालिका १ बसन्तपुर बस्ने बर्ष ४५ की गोमा खड्का 
३) जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ९ बस्ने बर्ष अं. ५०/५५ कि उमकला के.सी.
४) जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. १२ झेंडी बस्ने बर्ष ५९ की संगिता दर्जी
सामान्य घाईत हुनेमा:
१) पाणिनी गाउँपालिका वडा नं. वडा नं. ३ खिदिम घर भई ५ नं. प्रदेश विपद व्यवस्थापन कार्यालय नेपालगंज बाँके ( हाल दाङ) मा कार्यरत बर्ष ४५ को प्र.ना.नि. कृष्ण गौतम 
सकुसल हुनेमा:
१) जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ३ कुनाखर्क बस्ने बर्ष २३/२४ को ईश्वेरी भुषाल
सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बिचमा जीप पल्टिएर खोलामा पुगेको छ । जीप सड्कबाट अनुमानित ३२५ मिटर तल खसेकाे  छ ।
जीप पुर्ण रुपमा क्षति भएको छ । जीप कृष्णनगर यातायातको  जीप एक्कासी ब्याक भएको र पल्टिएर खोलामा पुगेको प्रत्यक्षदर्शीले अर्घाखाँचीडट्कमलाई  बताए।  उकालो सडकमा ओट राख्दा राख्दै दुर्घटना भएको यात्रुले बताएका छन्। ओट राख्न प्रयास गरेका यात्रु सकुशलै छन्। उकालो बाटोमा जीपको कन्डिसन खराब भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु