सिद्धारामा विपन्न परिवारका लागि जस्तापाता बितरण

अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड न १० सिद्धाराले विपन्न परिवारका लागि जस्तापाता बितरण गरेको छ । 
वार्डमा रहेका एकल महिला,दलित तथा आर्थिक अबस्था कमजोर रहेका घरपरिवारलाइ नगरपालिका बाट प्राप्त करिब पैतिस वन्डल जस्तापात १६ घरलाई बितरण गरिएको हो । 
वाडले यसै बर्ष कृषकहरुलाइ छ वटा वोयर वोका,उन्नत तरकारिका बीउ,घाँस,जैबिक मल,फलफूलका बिरुवा समेत वितरण गरेको छ । वडा बाट बिपन्न र कृषक केन्द्रीत कार्यक्रम लाई प्राथमिकतामा राखेको मा वाडवासि निकै खुसि रहेको स्थानीय निकानन्द पौडेलले बताए । 
१० नम्वर वाडलाइ नमुना बनाउन आफु लागिपरेको अध्यक्ष हिम्मत पोख्रेलको भनाइ रहेको छ । 
अर्घाखाँचीको दक्षिणी भेगमा पर्ने शितगङगा नगरपालिकामा अधिकाम्स फुसको छानो भएका घर रहेका छन् । बर्सेनि आगालागिका कारण दशौ घर जलेर नस्ट भइ करोडौंको क्षति हुने गरेको छ । टिन बितरण पछि घरमा हुने आगालागि कम हुने अपेक्षा नगरपालिकाले गरेको छ ।

अन्य समाचारहरु