सन्धिखर्कमा दलित मुस्लिम युवा युवतीहरुका लागि ३ महिने नि:शुल्क कम्प्युटर तालिम समापन
आषाढ़ १९ गते, २०७६ मा प्रकाशित
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले प्राबिधिक शिक्षा अहिलेको मुख्य आबश्यक्ता भएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिकाले सन्चालन गरेको दलित मुस्लिम युवा युवतीहरुका लागि आयोजना गरेको ३ महिने नि:शुल्क कम्प्युटर तालिमको समापन गर्दै नगरप्रमुख भुसालले ३ महिना सम्म तालिम लिएपछि त्यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।
भुसालले नगरपालिकाले यस्ता खालका रचनात्मक काम गरिरहेकाले अहिलेको गुणस्तरीयता हेरेर आगामी दिनमा बजेट ब्यबस्थापन गरिने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालिले राम्रोसँग तालिममा सिकेका कुरा ब्यवहारमा उतारी रोजगारीका लागि दक्ष बन्न आग्रह गर्नु भयो ।
कार्यक्रममा कार्यपालिका सदस्य मान बहादुर बिक श्रृर्जना बिक महिला बिकास साखा प्रमुख बेलकुमारि परियार प्रशिक्षक मनिस सिह पत्रकार महासघका सचिब सुर्य प्रसाद भुसाल लगाएतले मन्तब्य राखेका थिए ।
कार्यक्रम पुस्पा भुसालको सन्चालन जीवन ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको छ ।