सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो समय सवारी साधन दुर्घट्नाका घटना बढेका छन् ।
दुर्घट्नाको प्रमुख कारण पुराना सवारीसाधन र साबधानी नपुराउदा भएको देखिएको छ । कपिलवस्तु जिल्लाको कृष्णनगरबाट अर्घाखाँची जिल्लाको सदरमुकाम आउँदै गरेको कृष्णनगर यातायातको जीप सुपा देउरालीमा दुर्घट्नाको कारण पनि पुरानो र कन्डिसनमा नै नभएको देखिएको छ ।
बिहीवार सुपादेउरालीमा जीप दुर्घट्ना कारण पुरानो थोत्रो गाडी भएको घाइते यात्रुहरुले बताएका छन् । जहाँकी जीप उकालो सडकमा चढन् नसकेर ओट राख्दा राख्दै दुर्घटना भएको यात्रुले बताएका छन्। ओट राख्न प्रयास गरेका यात्रु सकुशलै छन्। उकालो बाटोमा जीपको कन्डिसन खराब भई दुर्घटना भएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उक्त जीप हप्तैपिच्छे मरमत गरि चलाऊदै आईएको थियो ।
अर्घाखाँचीमा ६७ प्रतिशत दुर्घटना चालकको लापरबाहीबाट हुने गरेको छ । यस्तै, १६ प्रतिशत दुर्घटना पुराना सवारीसाधनका कारण हुने गरेका प्रहरीको भनाई छ । अर्घाखाँचीमा पुराना सवारीसाधन चल्न बन्देज गर्ने चर्चा लामो समय देखि हुँदै आएमा पनि सम्बन्धित निकाय मौन छ ।
जिप सडकबाट अनुमानित ३२५ मिटर तल भिरबाट खसेर दुर्घटनाग्रस्त भएको थियाे।
सुपा देउरालीमा जीप दुर्घट्ना, ३ जनाको मृत्यु, ५ घाईते
गोरूसिङगे-सन्धिखर्क सडकखण्डको सितापुर – सुपादेउराली मन्दिरनजिकै बिहीबार जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरुमा:
१) जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ३ कुनाखर्क बस्ने बर्ष ३७ को रुद्र प्रसाद भुसाल- प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको ।
२) जिल्ला अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं. ३ धारापानी स्थायी घर भई जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा बस्दै आएका बर्ष अं. ५७ को सुमन्त भुषाल (चालक तथा सवारी धनी)
३) जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. १२ झेंडी बस्ने बर्ष ६१ को रण बहादुर दर्जी भन्ने रणे दर्जी
मेडिकल कलेज भैरहवामा उपचारार्थ घाईतेहरू :
१) जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ३ कुनाखर्क बस्ने बर्ष २१ को बेद प्रसाद भुषाल
२) जिल्ला कपिलबस्तु बुद्दभुमि नगरपालिका १ बसन्तपुर बस्ने बर्ष ४५ की गोमा खड्का
३) जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ९ बस्ने बर्ष अं. ५०/५५ कि उमकला के.सी.
४) जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. १२ झेंडी बस्ने बर्ष ५९ की संगिता दर्जी
सामान्य घाईत हुनेमा:
१) पाणिनी गाउँपालिका वडा नं. वडा नं. ३ खिदिम घर भई ५ नं. प्रदेश विपद व्यवस्थापन कार्यालय नेपालगंज बाँके ( हाल दाङ) मा कार्यरत बर्ष ४५ को प्र.ना.नि. कृष्ण गौतम
सकुसल हुनेमा:
१) जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. ३ कुनाखर्क बस्ने बर्ष २३/२४ को ईश्वेरी भुषाल
कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको
कृष्णनगर यातायातको लु १ ज १३२९ नम्बरको जिप सडकबाट अनुमानित ३२५ मिटर तल भिरबाट खसेर दुर्घटनाग्रस्त भएको थियाे। मृतककाे शव पोष्टमार्टका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ। उक्त जिपमा ९ जना सवार थिए ।
जानाकारी
माथि उल्लेखित समाचारमा कृष्णनगर यातायातको गाडी हुनु पर्नेमा अन्यथा देउराली यातायात भएकोमा सचाएको छ। हाम्रो उद्देस्य कुनै पनि यातायात समिती र कम्पनीहरुलाई यात्रा सहज् र सजग र सुरक्षित बनाउनु पर्ने हुन्छ भन्ने कुरामा जोड हो। कुनै पनि यातायात कम्पनी र समितीहरुलाई कमजोर र नराम्रो बनाउने उदेस्य नरहेको जानकारी ब्यहोरा अबगत छ । – अर्घाखाची डट् कम