अर्घाखाँचीडट्कम संवाददाता
गोरसिङे, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर २ सितापुर निपानेका एक जना शिक्षकको टिपरको ठक्करबाट मृत्यु भएको छ ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका बसन्तपुर चोक नजिकै शुक्रबार बिहान गोरूसिङगेबाट बिरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङगे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटो रिक्सालाई ठक्कर दिदा अटो रिक्सामा सवार रहेका सितापुरका ५५ वर्षिय हरि वलीको घटनास्थलमै मृत्यु भएको हो । शिक्षक ओली स्थानिय सितापुर निपानेको श्री जनप्रिय आधारभुत विद्यालयका प्रधान अध्यापक समेत थिए ।
शुक्रबार बिहान ५ बजे भएको दुर्घट्नामा परि मृतकको श्रीमती ५० वर्षिया सीता वली गम्भीर घाईते भएकी छन्। यस्तै कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन सामान्य घाइते भएका छन्।
घाइतेको ४ नम्बर गोरसिङेको सामुदायीक अस्पतालमा उपचार भइरहेको छ। यस्तै ठक्कर दिने टिप्पर र चालकलाई नियण्त्रणमा ल्याइएको प्रहरीले बताएको छ ।