अर्घाखाँचीडट्कम संवाददाता
चितवन (अर्घाखाँचीडट्कम) । चितवनबाट अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर दर्शनका लागि जाँदै गरेको स्कर्पियो जीप दुर्घट्ना भएको छ । दुर्घट्नामा परी ६ जना घाइते भएका छन् ।
डट्कमलाई सहकर्मी नविन भुसालले जानकारी गराए अनुसार चितवनबाट अर्घाखाँची जाँदै गरेको स्कर्पियो जीप जिल्ला आयुर्वेद स्वास्थ केन्द्र नवलपरासी सुस्ता पुर्ब अरुणखोलाबाट पुर्ब तिर पर्ने सडकमा शुक्रबार बिहान १०:२५ बजे दुर्घट्ना परेको हो ।
दुर्घट्नामा परी घाइते सबैको नवलपुर, कावासोतीको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य छ ।
स्कर्पियो जीपमा सवार सबै चितवनबासी रहेका थिए । उनिहरु सबै जिल्लाको सुपादेउराली मन्दिर दर्शनका लागि जाँदै थिए ।