सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्कमा रहेको विशुद्द सेबा मुखी अर्घाखाँची जिम तथा फिट्नेस क्लबमा युवाहरुको आकर्षण बढेर गएको छ ।
जिल्लामा रहेको एकमात्र सेबा मुखी फिट्नेस कल्बमा दैनिक सय भन्दा बढि बिधार्थिहरुले जिम सिक्ने स्वास्थ्य बनाउने गरेको जिम हाउसका मालिक युवा ब्यबसायी दिपक कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
जिम गर्नाले ब्यायाम गर्नाले स्वास्थ्य , तन्दुरुस्त र निरोगी अनि स्मार्ट बन्नका सहयोग पुग्ने भएको कारण युवाहरुको आकर्षण बढेर गएको सन्चालक श्रेष्ठले बताउनु भयो ।
बिहान देखि बेलुकासम्म जिम सिक्ने युवाहरु आउने गर्छन । सन्धिखर्क र चुत्राबेसी जोड्ने पुल नीर यो जिम हाउस सन्चालन गरिएको छ ।
युवाहरुलाई निशुल्क जिम सिकाउनका लागि युवा लक्ष्ति कार्यक्रम अनुसार यस्ता ब्यबसायहरुलाई राज्यले प्रबर्द्धन गर्नु पर्ने स्थानिय युवाको माग छ ।