अर्घाखाँचीडट्कम संवाददाता
सतिनेटा (अर्घाखाँचीडट्कम) । प्रहरी चौकी पाली अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी सतिनेटा स्थित श्री शिवमदन माध्यमिक बिद्यालयमा लागु औषध नियन्त्रण, बालबिबाह, बहुविवाह , जंगली जनावरबाट वच्ने उपाय र जंगली च्याउ नखाने सम्बन्धी बिषयमा प्रशिक्षण सम्पन्न भएको छ ।
शिवमदन माध्यमिक बिद्यालयमा अध्ययनरत छात्र-छात्रा र शिक्षकलाई प्र.स.नि. रामनारायण चौधरीले लागु औषध नियन्त्रण, बालबिबाह, बहुविवाह , जंगली जनावरबाट वच्ने उपाय र जंगली च्याउ नखाने सम्बन्धी बिषयमा प्रशिक्षण दिनु भएको थियो ।